काठमाडौं: नेपालमा गत २४ को घन्टामा कोभिड १९ भेटिएका संक्रमितको संख्या १ सय रहेको छ । यसरी हालसम्म कुल १८ हजार ९४ जना नेपाली कोभिड १९ बाट संक्रमीत देखिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले यो जानकारी दिनुभएको थियो ।
कुल संक्रमितमध्ये ५ हजार ९ सय २३ जना अहिले आइसोलेशनमा उपचारत छन् । देशका ८ जिल्लामा कोरोना संक्रमितको संख्या अहिले सून्य छ ।
देशका कुल २७ वटा प्रयोगशालामा गत २४ घन्टामा कुल ३ हजार ७ सय ४१ जनामा कोरोना परीक्षण गरिएको थियो । कोरोना हुनसक्ने आशंकामा क्वारेन्टीनमा रहेकाको संख्या २२ हजार ६ सय ६२ रहेको छ।
हालसम्म कोभिड १९ लाई जित्नेको संख्या १२ हजार ६ सय ८६ पुगेको छ । यो कुल संक्रमितको संख्याको ६६.२४ प्रतिशत हो । आज सबै तिर गरिि २०७ जना डिस्चार्ज भएका छन् ।
आज २ जना धनुषा का एक र चिनियाँ महिलाको पोखरामा निधन भयेपछी कुल मृतकको संख्या ४२ पुगेको छ ।
प्रतिक्रिया