काठमाडौं: नेपालमा गत २४ को घन्टामा कोभिड १९ भेटिएका संक्रमितको संख्या १ सय ५६ रहेको छ । यसरी हालसम्म कुल १७ हजार ६ सय ५८ जना नेपाली कोभिड १९ बाट संक्रमीत देखिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले यो जानकारी दिनुभएको थियो ।
कुल संक्रमितमध्ये ५ हजार ९ सय २३ जना अहिले आइसोलेशनमा उपचारत छन् । देशका ८ जिल्लामा कोरोना संक्रमितको संख्या अहिले सून्य छ ।
देशका कुल २७ वटा प्रयोगशालामा गत २४ घन्टामा कुल ३ हजार ७ सय ४१ जनामा कोरोना परीक्षण गरिएको थियो । कोरोना हुनसक्ने आशंकामा क्वारेन्टीनमा रहेकाको संख्या २२ हजार ६ सय ६२ रहेको छ।
हालसम्म कोभिड १९ लाई जितेर डिस्चार्ज हुनेको संख्या ५८ रहेको छ । यो समेत गरी कुल संक्रमणलाई जित्नेको संख्या ११ हजार ६ सय ३७ पुगेको छ । यो कुल संक्रमितको संख्याको ६६.२४ प्रतिशत हो ।
प्रतिक्रिया