काँठका भित्ता भित्तामा पुगेका छ बाटो । गाडीको सुविधा छ र सक्नेलाई दुई वा चार चक्के सवारी लिएर शहरका गन्तव्य पुग्ने अवसर पनि ।
करिब डेढ दशक अघिसम्म पेट लागेका प्रौढ विरलै देखिने काँठमा अहिले पेट लागेका मानिस नभएको घरै छैन। त्यतिबेला शहरमा आवत जावत गरे पनि गउँकै स्थितिमा बसेको काँठ राजधानीमा बढदो जनसंख्या चाप सँगै तिव्र गतिमा शहर बन्दैछ । त्यहाँका बासिन्दाका लागि सुविधा बढदै छ । जसै सुविधा बढदै छ, उसै गरी बढदैछ, काँठबासीको शरीरमा बोसो समेत बढदो छ र मोटोपनले निम्त्यउने स्वास्थ्य जोखिम पनि ।
यसैलाई सम्बोधन गर्न कीर्तिपुर नगरपालिका ४ का बासिन्दा त्यहाँको सिम्ले खोलामा पार्क सहितको खेलकुद मैदान निर्माणमा जुटेका छन् ।
यसका लागि गठित सिम्लेखोला खेलमैदान उपभोक्ता समितिका अध्यक्ष मोहन अधिकारीले परिसर भित्र फुटबल मैदान, टेबुल टेनिस,बास्केट बल कोर्ट, भलिबल र व्याड्मिन्टनका अलगअलग खेलमैदान बँगैचा र सानो पार्क बन्ने योजना बनाइएको बताउनुभयो । यसका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भइसकेको र करिब तीन करोड रुपैयाँको प्रारम्भिक लागत अनुमान गरिएको जानकारी पनि उहाँले दिनुभयो । प्रारम्भिक कार्यका लागि कीर्तिपुर नगरपालिकाले ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।
सिम्ले खोलाको दायाँबाँया करिब १३ रोपनी क्षेत्रफलमा रहेको यो खोल्सा वरपरका फोहोर फाल्ने क्रम बढेपछि स्थानीय बासिन्दाले त्यहाँँ खेलकुद परिसर बनाउने अग्रसरता लिएका हुन् । फोहर फाल्नबाट रोक्नु र बालक देखि वृद्धसम्मलाई ब्यायामको अवसर दिलाउन यो अवधारणा अघि सारिएको हो, अध्यक्ष अधिकारीले भन्नुभयो ।
प्रतिक्रिया