कोरोना संक्रमण : आज ५७ जना थपिए

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं: नेपालमा गत २४ को घन्टामा कोभिड १९ भेटिएका संक्रमितको संख्या ५७ रहेको छ । यसरी हालसम्म कुल १७ हजार ५ सय २ जना नेपालीमा कोभिड १९ बाट संक्रमति देखिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले यो जानकारी दिनुभएको थियो ।
कुल संक्रमितमध्ये कुल ५ हजार ८ सय २५ जना नेपाली अहिले आइसोलेशनमा उपचारत छन् । देशका छ वटा जिल्लामा कोरोना संक्रमितको संख्या सून्य छ ।
देशका कुल २७ वटा प्रयोगशालामा गत २४ घन्टामा कुल ३ हजार ३ सय ३१ जनामा कोरोना परीक्षण गरिएको थियो । कोरोना हुनसक्ने आशंकामा क्वारेन्टीनमा रहेकाको संख्या २३ हजार २ सय ७५ रहेको छ।
हालसम्म कोभिड १९ लाई जितेर डिस्चार्ज हुनेको संख्या १ सय ३ रहेको छ । यो समेत गरी कुल संक्रमणलाई जित्नेको संख्या ११ हजार ६ सय ३७ पुगेको छ । यो कुल संक्रमितको संख्याको ६६.१२ प्रतिशत हो ।