आज घन्टाकर्ण चतुर्दशी (गठे मंगल)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

शुभप्रभात !! नमो नमः

आज २०७७ श्रावण ४

श्रावण कृष्ण चतुर्दशी

तदनुसार जुलाई १९, आइतबार

सँस्कृतिमा आज  

घन्टाकर्ण चतुर्दशी (गठे मंगल)

आज  मनाइने गठे मंगललाई घन्टाकर्ण चतुर्दशी पनि भनिन्छ । दुष्टात्मा र भूतप्रेत पन्छाउन घरमा सफा सुग्घर गरेर घन्टाकर्ण दहन गर्ने चलन  छ । आज दिनभर ठड्याइएको नर्कटबाट निर्मित गठेमंगललाई घाम अस्ताएपछि ढालेर नदीमा लगेर विसर्जन गरिन्छ । त्यसअघि नेवार समुदायमा टोलवासीलाई छ्वालीको चिराग समात्न लगाई तीन पटक परिक्रमा गराउने परम्परा रहेको छ । कतिपय स्थानमा भने विभिन्न ठाउँमा भएका गठेमंगल एकत्रित गरेर जलाउने चलन पनि रहेको छ ।

परापूर्वकालमा नास्तिक व्यक्तिले ‘भगवानको नाम सुन्न नपरोस’ भनी कानमा घन्टा झुन्ड्याएको र उसको आतंकले धेरैलाई अप्ठ्यारो परेकाले उसको आज दहन गरिएको कथन रहेको छ । ज्यापू समुदायमा धान रोप्ने बेला आमन्त्रण गरिएको शक्ति पन्छाउन यो पर्व मनाउने गरिन्छ ।

उपत्यकामा विशेष गरी इन्द्रचोक, म्याँपी लगायतका स्थानमा गठामंगल ठड्याउने गरिन्छ भने उपत्यका बाहिर पनि नेवार समुदायको बाक्लो बसोबास भएको स्थानमा विशेष महत्वका साथ यो पर्व मनाउने चलन रहेको छ । केही स्थानमा आज बाट सुरु भएको पर्व लाखेजात्रा, रोपाई पर्व र गाईजात्रा मनाएर सम्पन्न हुने गरेको छ । यस दिनमा मान्छेहरुले गठेमंगलको औठिका रुपमा विभिन्न धातुको औठि लगाउने र घर घरबाट भुत भगाउने चलन पनि कायम छ ।

 

इतिहासमा आज

विसं २०३३ विश्वको सर्वोच्च शिखर सगरमाथा समेटिएको सगरमाथा राष्टिय निकुञ्ज स्थापना


आजको कोरोना अपडेट

नेपाल

कुल PCR परीक्षण  -३ लाख ११ हजार ८ सय २९

पोजेटिभ केश — १७ हजार ५ सय २

आइसोलेशन —– ५ हजार ८  सय २५

डिस्चार्जड केस — ११ हजार ६ सय ३७ (६६.५%)
मृत्यु —- ४० जना

क्वारेन्टाइनमा —-२३ हजार २ सय ७५

विश्वभर

संक्रमित: १ करोड ४४ लाख १४ हजार ७४

निको भएका : ८६  लाख ६ हजार ६ सय ११

मृत्यु : ६ लाख ४ हजार १ सय ५०

स्रोत:  वर्डोमिटर्स

आजको मौशम
बदली,केही स्थानमा हल्का वर्षा

तापक्रम
बढीमा २६ डिग्री
धटीमा २० डिग्री

वर्षा : ५०.९

सूर्योदय : ५ः १५
सूर्यास्त ७ : ०२

आजको राशिफलम्:

मेष राशि: पराक्रम बढ्ने
वृष राशि: धन नाश
मिथुन राशि: प्रसन्नता
कर्कट राशि: खर्चमा वृद्धि
सिंह राशि: धन लाभ
कन्या राशि: चिन्ता मुक्त
तुला राशि: शत्रु भय
वृश्चिक राशि: रोग
धनु राशि: परिवार सुख
मकर राशि: वहान सुख
कुम्भ राशि: प्रेममा बिघ्न
मीन राशि: नैराश्य