काठमाडौं: नेपालमा गत २४ को घन्टामा कोभिड १९ संक्रमण लाई जितेर घर फर्किनेेेेको संख्या ६० प्रतििशत बढी देेेखििएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा स्वा्स्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले यो जानकारी दिनुभएको हो । उहाँका अनुसार गत २४ घन्टामा संक्रमइतको संख्या १ सय ६१ छ भने डिस्चार्ज हुनेको संख्या ३४ रहेको छ ।
हाल सम्म कुल कोविड संक्रमितको संख्या १७ हजार ६१ पुुुुगेको छ। सक्रमण मुक्त हुनेको संख्या भनेे १० हजार ३ सय २८ रहेको छ जुन कुल संक्रमित संख्याको ६० % हो। अहिले आइसोलेसनमा रहेर उपचार गराइहेका संक्रमितको संख्या ६ हजार ६ सय ९५ रहेको छ । प्रवक्ता डा गौतम का अनुसार टेकुलगायत विभिन्न २५ स्थानमा रहेका प्रयोगशालामा गरिएका परीक्षणहरुबाट यी संक्रमण पुष्टी भएको हो ।
प्रतिक्रिया