शान्त समयमा सजिँदै पाशुपत क्षेत्र (फोटो फिचर)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं :
सँधै चहल पहल भिडभाड हुने पशुपति मन्दिरसहित पूरै पाशुपत क्षेत्र अहिले शान्त छ । नित्य पूजा र कर्मसँग सम्बन्धित व्यक्तिहरु मात्र फाटफुट देखिन्छन् । पशुपति विकाश कोष यही शान्त समयको मौका छोपेर विकास निर्माणलाई अघि बढाउँदैछ ।
pashupati
भिडको बाधा नपरेपछि पशुपतिको सर्वाधिक आवागमन हुने मृगस्थलीमा भूक्षय नियन्त्रण को काम सजिलै सकिएको छ । यही अविधिमा कैलाश चौरलाई घेरा पखाल लगाएर बिरुवा रोप्ने र त्यहाँ गाईवस्तुहरुको आवागमन बन्द गर्ने काम पनि सम्पन्न भएको छ । लकडाउनकै अविधिमा ब्रम्हाको मन्दिर र सँगैको पाटी निमार्ण गरिसकिएको छ ।

pashpati
पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा.घनश्याम खतिवडा भन्नुहुन्छ, लकडाउन सुरुमा कामदार र ठेकदारहरु पनि आउन अफाठ्यारो माने। हामी आफै पनि अन्योलमा परेका थियौ । पछि लाग्यो पशुपति क्षेत्रमा विकासका काम गर्न यो भन्दा राम्रो समय अरु हुँदैन”
उहाँका अनुसार भगवानलाई भोग लगाउने घर, भान्साघर र मृगस्थलीमा लक्ष्मीनारायण सत्तल लकडाउनकै अवधिमा आधा जति बनिसकेको छ ।

pashupati heritage

कोषले भुनेश्वरी मन्दिर र सेतो सत्तलको निर्माण पनि  अघि बढाउँदैछ ।
“नित्य पूजा बाहेक पशुपतिमा रोक्नै नहुने सेवा भनेको यहाँका जीवजन्तुहरुको संरक्षण जस्तै गाई, बादर, परेवा र मृगहरुलाई खुवाउने काम हाम्रो हो ।

pashupati / heritage

कोषले यसका लागि कमचारीहरुलाई निरन्तर बोलायो । घाट र क्रियापुत्री सेवा २४ घण्टा चलाउनुका साथै कोष आफैले दाना खुवाउने काममा सक्रियता देखाएर पूरा गर्यो लकडाउन अघि बढने भक्तजनले ल्याएका दानाले पुग्ने स्थिति थियो । अहिले फाटफुट केहीले ल्याउने दानाले त्यहाँ पशुपक्षिको खाना पुग्दैन।

pashupati heritage