संक्रमण दर घट्दो क्रममा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशमा कोरोना संक्रमितहरू घट्दो क्रममा रहेको बताएको छ। गत २४ घन्टा भित्रमा   कोरोनाका दुई सय चार जना संक्रमित थपिएर नेपालमा अहिलेसम्म १६ हजार एक सय ६८ मा संक्रमण देखिएको छ

मन्त्रालयले आज  आयोजना गरेको पत्र्कार सम्मेलनमा तेह्रथुम, भोजपुर, सोलुखुम्बु र हुम्ला ल जिल्लामा पहिले कोरोना देखिए पनि अहिले निको भएर घर फर्किसकेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुुुअयो ।

अरू जिल्लामा पनि विगत एक साताको तथ्यांक हेर्दा कोरोना संक्रमितहरू घट्दो क्रममा रहेको भनाइ उहाको थियो। मंगलबार कोरोनाका दुई सय चार जना संक्रमित थपिएर नेपालमा अहिलेसम्म १६ हजार एक सय ६८ मा संक्रमण देखिएको छ।

पछिल्लो तीन  दिनमा क्रमशः कुल पिसिआर परिक्षण को  ५,६.२,३.५ प्रतिशत  थियोे भने गत २४ घन्टामा ३.३ प्रतिशत रहेको छ ।

त्यस्तै ५ सयभन्दा बढी संक्रमित रहेका ६ जिल्ला छन्।  प्रवक्ता गौतमका अनुसार प्रदेश २ का महोत्तरी र रौतहट, ५ नम्वर प्रदेशको पाल्पा, सुदूर पश्चिमको अछाम, कैलाली र बाजुरामा ५ सयभन्दा बढी संक्रमित छन्।