सरकारसँग १२ बुँदे सहमति भएपछि इनफ इज इनफ अभियानका युवाहरुले आफ्नो आन्दोलन मंगलबार अन्त्य गरेका छन् । राजधानीको ह्याम्स अस्पतालमा रहेका इशान र पुकारले अनशन तोडेका हुन् ।
बन्दाबन्दीका बीचमा गरिएको आन्दोलनको माग सरकारले पुरा नगरेको भन्दै अभियानका इशान अधिकारी र पुकार बम गत १२ दिन देखि अनशनमा हुुनु हुन्थ्यो । उहाँहरु अनशनरत रहँदा प्रधानमन्त्री केपि शर्मा ओली भेट्न पुगी माग प्रति आफ्नो ध्यानाकर्षण भएको बताउनुभएको थियो ।
युवाहरुले कोरोना भाइरसको परीक्षण आरडीटी विधिबाट नभइ पीसीआरबाट हुनु पर्ने, क्वारेन्टिनको व्यवस्था राम्रो हुनु पर्ने, भ्रष्टाचार रोकिनु पर्ने र नागरिकको जीवन रक्षा गर्नु पर्नेसहितका माग राखेर आन्दोलन गर्दै आएका थिए ।
स्वास्थ्य मन्त्रालय र अनशनरत दुई युवा बिच सोमबार १२ बुँदे सहमति भएको थियो ।
जसअनुसार विदेशबाट आएका व्यक्तिलाई पाँच दिन क्वारेन्टिनमा राखेपछि मात्रै परीक्षण गरेर इच्छा अनुसार होम क्वारेन्टाइन वा होटल क्वारेन्टाइन वा सार्वजनिक क्वारेन्टाइनमा बस्ने या राख्ने व्यवस्था गरिने छ । होम क्वारेन्टिनाको निर्देशिका हप्तादिन भित्र तयार पार्ने सहमति पनि भएको छ ।
साथै लक्षण देखिएका र नदेखिएका सहित सबै जोखिममा रहेकाको राज्यको नीति अनुसार पीसीआर परीक्षण गर्ने गरी हालको निर्देशिका हप्तादिन भित्र परिमार्जन गर्ने, आरडीटीको प्रयोग स्थगित गर्ने, क्वारेन्टिन र होल्ङ्गि सेन्टरमा समयका आधारमा छुट्याएर राख्ने व्यवस्था गर्ने, क्वारेन्टिनमा रहेकाहरुको अनिवार्य रुपमा पीसीआर परीक्षण गर्ने र नेगेटिभ देखिए मात्रै भर पठाउने तथा समाजमा पुनस्र्थापना गर्ने व्यवस्थाको कार्यविधि निर्देशिका यसै हप्ता तयार गर्नेसहितका सहमति समेत सरकार र युवाहरुबीच भएको छ ।
यस्तै सर्वोच्च अदालतको फैसला अनुसार परीक्षण तथा क्वारेन्टिन लगायतका विषयमा हाल जारी निर्देशिका एवम् प्रोटोकललाई परिमार्जन गर्नेसहित सहमति भएको छ ।
युवाहरुले कोरोना भाइरसको परीक्षण आरडीटी विधिबाट नभइ पीसीआरबाट हुनु पर्ने, क्वारेन्टिनको व्यवस्था राम्रो हुनु पर्ने, भ्रष्टाचार रोकिनु पर्ने र नागरिकको जीवन रक्षा गर्नु पर्नेसहितका माग राखेर आन्दोलन गर्दै आएका थिए ।
प्रतिक्रिया