काठमाडौं: नेपालमा गत २४ घन्टामा ४ सय ६३ जना कोभिड १९ बाट संक्रमित भएका छन् । आज समेत गरी नेपालमा कोभिड १९ संक्रमणका बिरामीको संख्या १२ हजार ७ सय ७२ पुगेको छ
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा स्वा्स्थ्य मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले यो जानकारी दिनुभएको हो ।
अहिले आइसोलेसनमा रहेर उपचार गराइहेका संक्रमितको संख्या ९ हजार ७ सय ३१ रहेको छ । प्रवक्ता डा गौतम का अनुसार टेकु लगायत विभिन्न स्थानमा गरिएको परीक्षणबाट संक्रमण पुष्टी भएको हो ।
विभिन्न स्थानबाट गरी गत २४ घन्टामा १ सय ७९ जना संक्रमितहरु अस्पतालबाट डिस्चार्ज भएका छन् । संक्रमण जितेर घर फर्कने कुल ३ हजार १३ जना रहेको छ।
देशका विभिन्न स्थानमा गरी कुल ६१ हजार ७ सय ३१ जना क्वारेन्टिनमा रहेका छन् ।
प्रतिक्रिया