काठमाडौं : नेपालमा गत २४ घन्टामा ५ सय ९९ जना कोभिड १९ बाट संक्रमित भएका छन् । आज समेत गरी नेपालमा कोभिड १९ संक्रमणका बिरामीको संख्या ११ हजार ७ सय ६१ पुगेको छ
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा स्वा्स्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले यो जानकारी दिनुभएको हो । देशभरमा बागमती प्रदेशको रसुवा जिल्लाबाहेक ७६ वटा जिल्लामा कोभिड संक्रमण फैलिएको छ ।
अहिले आइसोलेसनमा रहेर उपचार गराइहेका संक्रमितको संख्या ८ प्रवक्ता डा गौतम का अनुसार टेकु लगायत विभिन्न स्थानमा गरिएको परीक्षणबाट संक्रमण पुष्टी भएको हो ।
विभिन्न स्थानबाट गरी गत २४ घन्टामा ४८ जना संक्रमितहरु अस्पतालबाट डिस्चार्ज भएका छन् । संक्रमण जितेेर घर फर्कनेेे कुल २ सय ९९ रहेको छ।
प्रतिक्रिया