काठमाडौं : नेपालमा गत २४ घन्टामा ४ सय ३४ जना कोभिड १९ बाट संक्रमित भएका छन् । आज समेत गरी नेपालमा कोभिड १९ संक्रमणका बिरामीको संख्या ११ हजार १ सय ६२ पुगेको छ
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा स्वा्स्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले यो जानकारी दिनुभएको हो । देशभरमा बागमती प्रदेशको रसुवा जिल्लाबाहेक ७६ वटा जिल्लामा कोभिड संक्रमण फैलिएको छ ।
अहिले आइसोलेसनमा रहेर उपचार गराइहेका संक्रमितको संख्या ८ हजार ४ सय ६४ पुगेको छ ।
यसै गरी ७६ हजार भन्दा बढी व्यक्ति लाई क्वारेन्टिनमा रोखिएको छ । प्रवक्ता डा गौतम का अनुसार टेकु लगायत विभिन्न स्थानमा गरिएको परीक्षणबाट संक्रमण पुष्टी भएको हो ।
विभिन्न स्थानबाट गरी गत २४ घन्टामा तीन सय १२ संक्रमितहरु अस्पतालबाट डिस्चार्ज भएका छन् । संक्रमण सुरु भएपछि एक दिनमा भएको यो सर्वाधिक संख्या हो ।
प्रतिक्रिया