कोभिड १९ : संक्रमितको संख्या १० हजार पार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं स् नेपालमा गत २४ घन्टामा   कोभिड १९ बाट   ५ सय ३८ जना  संक्रमित भएका छन् ।  आज समेत गरी कोभिड १९ संक्रमणका बिरामीको संख्या १० हजार ९९ पुगेको छ

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा  स्वा्स्थ्य मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले यो जानकरी दिनुभयो ।  देशभरमा रसुवा जिल्लाबाहेक ७६ व वटा जिल्लामा कोभिड संक्रमण फैलिएको छ ।

अहिले आइसोलेसनमा रहेर उपचार गराइहेका संक्रमितको संख्या ६ हजार ६ सय ८४ पुगेको छ ।
यसै गरी १ लाख १६ हजार २ सय १५ जना लाई क्वारेन्टिनमा रोखिएको छ । प्रवक्ता डा गौतम का अनुसार टेकुलगायत विभिन्न स्थानमा गरिएको परीक्षणबाट संक्रमण पुष्टी भएको हो ।
आज दैलेख दुल्लअसार ४ गते पोजेटिभ पुष्टी भएपछि एक पुरुष  नेपालमा कोभिड १९ बाट निधन हुनेको संख्या २४ जना पुगेको छ ।
जबर जस्ती पिसिआर नगराउ
स्वास्य मन्त्रालयले राजधानीमा बाहिरबाट आउने डेरावालका लागि घरधनीले पिसिआर परीक्षण गराउन जबरजस्ती दबाव दिने गरेको बताउँदै । हरेक व्यक्तिलाई पिािसआर गराउनु जरुरी नभएको स्वास्थ्य प्रवक्ता गौतमले बताउनुभयो । बाहिरबाट आएकाहरु घरमै १४ दिनसम्म सेल्फ क्वारेन्टिनमा बस्ने र यस बिचमा समस्या देखिएमा मात्र अस्पताल जानुपर्ने उहाँको कथन थियो ।