आजको सूर्य ग्रहणमा नेपालबाट चन्द्रमाको वरिपरि सूर्य को घेरा बनेको दुर्लभ दृश्य (ring of fire ) हेर्न त पाइदैन नै खण्डग्राश सूूूर्य ग्रहण हेेेर्न पनि मौसमले साथ दिनुपर्नेछ । पछिल्लो मौसम विवरण अनुुसार आज देशभर नै आज आम्शिक बदली हुनेछ

शुभप्रभात !! नमो नमः
आज २०७७ साल आषाढ ७ गते
आषाढ कृष्ण अमावास्या
तदनुसार जुन २१ आइतबार
लकडाउन: आज ९० औं दिन
आजको कोरोना अपडेट
नेपाल
कुल पसिआर परीक्षण –१ लाख ५९ हजार १ सय ६५
कुल पोजेटिभ केस —-८ हजार 6 सय ५
डिस्चार्जड केस —-१ हजार ५ सय ७८
मृत्यु —- २२ जना
क्वारेन्टाइनमा —-१ लाख २ हजार २ सय ४५
आइसोलेशन ~७ हजार ५
विश्वभर
(अहिले बिहान ६ :00 बजेसम्ममा)
कुल संक्रमित : ८९ लाख ६ हजार ६ सय ५५ जना
निको भएका : ४७ लाख ३२ हजार ९ सय ८५ जना
मृत्यु : ४ लाख ६६ हजार २ सय ५३ जना
स्रोत: वर्डोमिटर्स
आजको मौशम
बदली र केही स्थानमा वर्षा)
तापक्रम
बढीमा २५ डिग्री
धटीमा २१ डिग्री
सूर्योदय : ५ः ०८
सूर्यास्त ७ : ०२
आज दुर्लभ वलय सूर्यग्रहण
आज दुर्लभ वलय सूर्यग्रहण भए पनि नेपालबाट खण्डग्रास सूर्यग्रहण मात्रै देखिनेछ । नेपाल एस्ट्रोनोमिकल सोसाइटीका अनुसार पछिल्लोपटक नेपालको पूर्वीभागबाट वलय सूर्यग्रहण सन् १९६५ नोभेम्बर २३ मा देखिएको थियो । त्यसपछि अहिलेसम्म नेपालबाट देखिएको छैन ।
एक जना मानिस एकै ठाउँमा बस्दा जीवनमा एक पटक मात्र वलय सूर्यग्रहण देख्न पाउँछ । तसर्थ यसलाई दुर्लभ ग्रहण मानिन्छ ।
सूर्य पन्चअङ अनुसार ग्रहणको समयमा नकारात्मक विकिरणहरुको प्रवाह बढी हुने भएकाले यस समयलाई सूतक लाग्ने समयको रुपमा मान्ने शास्त्रहरुमा उल्लेख गरिएको छ । सूर्य ग्रहणमा ४ प्रहर (१२ घण्टा) र चन्द्र्रग्रहणको समयमा ३ प्रहर (९ घण्टा) अगाडि नै सूतक लाग्ने गर्दछ ।
तेसैले हिजो रात १०ः५० बजेदेखि नै ग्रहणको सुतक शुरु भयकाले ६ गते राति १०ः५० देखि नै बालक, वृद्ध, बिरामी बाहेकका व्यक्तिलाई भोजन गर्न निषेध छ ।
राशिफलम्:
मेष राशि: चिन्ता मुक्त
वृष राशि: धन व्यय
मिथुन राशि: पीडा
कर्कट राशि: हानी
सिंह राशि: आयमा वृद्धि
कन्या राशि: परिवारिक सुख
तुला राशि: व्यवसायमा हानी
वृश्चिक राशि: कष्ट
धनु राशि: स्त्री सुख
मकर राशि: वहान सुख
कुम्भ राशि: बिद्यामा अरुची
मीन राशि: कान्ति क्षय
प्रतिक्रिया