कोरोना : ३ सय ३१ थपिए

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

काठमाडौं : नेपालमा गत २४ घन्टामा   कोभिड १९ बाट   ३ सय ३१ जना  संक्रमित भएका छन् ।  आज समेत गरी कोभिड १९ संक्रमणका बिििरामीको संख्या ८ हजार ३ तीन सय ५ पुगेको छ

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा  स्वा्स्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले यो जानकरी दिनुभयो ।  देशभर ७४ वटा जिल्लामा कोभिड संक्रमण फैलिएको छ ।

अहिले आइसोलेसनमा रहेर उपचार गराइहेका संक्रमितको संख्या ६ हजार ६ सय ८४ पुगेको छ ।
यसै गरी १ लाख १६ हजार २ सय १५ जना लाई क्वारेन्टिनमा रोखिएको छ । प्रवक्ता डा गौतम का अनुसार टेकुलगायत विभिन्न स्थानमा गरिएको परीक्षणबाट संक्रमण पुष्टी भएको हो । आज डिस्चार्ज भएका १७६ समेत गरी हालसम्म १ हजार ५ सय  ७६/जना कोरोना संक्रमितबाट मुक्त भई घर फर्केका छन् ।
हालसम्म देशभर गरी कुल एक लाख ५५ हजार ५ सय १८ जनाको नमुनाको पीसिआर परीक्षण गरिएको छ ।   नेपालमा कोभिड १९ बाट निधन हुनेको संख्या २२ जना पुगेको छ । गत २४ घन्त्टामा कुनै पनि नेेेपालीको निधन भएको छैन