काठमाडौं : नेपालमा गत २४ घन्टामा अहिलेसम्मकै सर्वाधिक ६ सय ७१ जना कोभिड १९ बाट संक्रमित भएका छन् । यो समेत गरी उच्चदरमा कोभिड संक्रमित विरामी बढेको यो लगातार तेस्रो दिन हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा आजसम्म देशभर कुल सात हजार ८ सय ४८ जनामा कोरोना संक्रमण देखिएको जानकारी स्वा्स्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले दिनुभयो । देशभर ७४ वटा जिल्लामा कोभिड संक्रमण फैलिएको छ ।
अहिले आइसोलेसनमा रहेर उपचार गराइहेका संक्रमितको संख्या ६ हजार ६ सय ८४ पुगेको छ ।
यसै गरी १ लाख १६ हजार २ सय १५ जना लाई क्वारेन्टिनमा रोखिएको छ । प्रवक्ता डा गौतम का अनुसार टेकुलगायत विभिन्न स्थानमा गरिएको परीक्षणबाट संक्रमण पुष्टी भएको हो । आज डिस्चार्ज भएका १९ समेत गरी हालसम्म १ हजार १ सय ८६ जना कोरोना संक्रमितबाट मुक्त भई घर फर्केका छन् ।
हालसम्म देशभर गरी कुल एक लाख ५५ हजार ५ सय १८ जनाको नमुनाको पीसिआर परीक्षण गरिएको छ । विगत २४ घन्टामा कैलाली गोदावरी नगरपालिकाका एक पुरुष सेती प्रा अस्पतालमा र लम्की चुल्हाकी एक महिलाको निधन भए समेत गरी नेपालमा कोभिड १९ बाट निधन हुनेको संख्या २२ जना पुगेको छ ।
प्रतिक्रिया