काठमाडौं : नेपालमा गत २४ घन्टामा अहिलेसम्मकै सर्वाधिक पाँच सय ८६ जना कोभिड १९ बाट संक्रमित भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा देशभर कुल ७ हजार १ सय ७७ जनामा कोरोना संक्रमण देखिएको जानकारी स्वा्स्थ्य मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले दिनुभयो ।
अहिले आइसोलेसनमा रहेर उपचार गराइहेका संक्रमितको संख्या ५ हजार ४ सय १४ पुगेको छ
यसै गरी १ लाख ३३ हजार ८ सय ३९ लाई क्वारेन्टिनमा रोखिएको छ । प्रवक्ता डा गौतम का अनुसार टेकुलगायत विभिन्न स्थानमा गरिएको परीक्षणबाट संक्रमण पुष्टी भएको हो । हालसम्म १ हजार १ सय ६७ जनाले कोरोना संक्रमितबाट मुक्त भई घर फर्केका छन् ।
हालसम्म देशभर गरी कुल एक लाख ५० भन्दाबढी नमुनाको पीसिआर परीक्षण गरिएको छ । बाँकेमा नेपालगन्ज मेडिकल कलेजमा एक महिलाको मृत्यु भएपछि कोरोनाबाट नेपालमा मृत्यु हुनेको कुल संख्या २० जना पुगेको छ।
प्रतिक्रिया