संक्रमितको संख्या ६ हजार ५ सय ९१ 

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं
नेपालमा कोभिड १९ बाट मुक्त हुँदै घर फर्किने संक्रमितको संख्या १ हजार १ सय ५८ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा यो जानकारी दिइएको हो ।
सम्मेलनमा गत २४ घन्टामा देशभर गरी थप तीन सय ८० जनामा कोरोना संक्रमण देखिएको छ ।

यसरी देशभर कुल ६ हजार ५ सय ९१  जनामा कोरोना संक्रमण देखिएको जानकारी स्वा्स्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले दिनुभयो ।

अहिले आइसोलेसनमा रहेर उपचार गराइहेका संक्रमितको संख्या ५ हजार ४ सय १४ पुगेको छ
यसै गरी १ लाख ३३ हजार ८ सय ३९ लाई क्वारेन्टिनमा रोखिएको छ । प्रवक्ता डा गौतम का अनुसार टेकुलगायत विभिन्न स्थानमा गरिएको परीक्षणबाट संक्रमण पुष्टी भएको हो ।

हालसम्म देशभर गरी कुल एक लाख ३८ हजार ९ सय ३० वटा नमुनाको पीसिआर परीक्षण गरिएको छ । कोरोनाबाट नेपालमा मृत्यु हुनेको कुल संख्या १९ जना पुगेको छ।