काठमाडौं
नेपालमा कोभिड १९ बाट मुक्त हुँदै घर फर्किने संक्रमितको संख्या एक हजार ४१ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा यो जानकारी दिइएको हो ।
सम्मेलनमा गत २४ घन्टामा देशभर गरी थप चार सय ५१ जनामा कोरोना संक्रमण देखिएको छ । आजदेखि कोभिड १९ प्रयोगशाला पोखरामा समेत सुरु भएको र यो सँगै देशभर कुल २२ वटा पीसिआर प्रयोगशाला भएको छ ।
यसरी देशभर कुल ६ हजार २ सय ११ जनामा कोरोना संक्रमण देखिएको जानकारी स्वा्स्थ्य मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले दिनुभयो ।
अहिले आइसोलेसनमा रहेर उपचार गराइहेका संक्रमितको संख्या ४ हजार १ सय ६९ पुगेको छ
यसै गरी १ लाख ३३ हजार ८ सय ३९ लाई क्वारेन्टिनमा रोखिएको छ ।
प्रवक्ता डा गौतम का अनुसार टेकुलगायत विभिन्न स्थानमा गरिएको परीक्षणबाट संक्रमण पुष्टी भएको हो ।
हालसम्म देशभर गरी कुल एक लाख ३८ हजार ९ सय ३० वटा नमुनाको पीसिआर परीक्षण गरिएको छ । कोरोनाबाट नेपालमा मृत्यु हुनेको कुल संख्या जना १५ जना पुगेको छ।
हालसम्म उपचार पछि डिस्चाज हुनेको संख्या एक हजार ४१ पुगेको छ ।आज मात्र विभिन्न ठाउँबाट ६७ जना डिस्चार्ज भएका हुन् ।
कोभिड १९ को उपचार पत्ता नलागेको भन्दै प्रवक्ता गौतमले जथाभावी औषधि प्रयोग नगर्न र आयुर्वेद लगायतका वैकल्पिक चिकित्सा
लम्किचुहा सामुहिक बलात्कार प्रति खेद प्रकट गर्दै सबै क्षेत्रबाट निरुत्साहित गर्ने र कानुन अनुसार कडा कारबाही गरिने पनि गौतमले बताउनुभयो ।
प्रतिक्रिया