संघीय संसदको प्रतिनिधि सभाले देशको लिम्पियाधुरासम्म समेटिएको नेपालको नयाँ नक्सा समावेश गर्नका निशाना छाप परिवर्तनका लागि नेपालको संविधानको दोस्रो संशोधन विधेयक आज सर्वसम्मतीले पारित गरेको छ ।
संसदमा आज भएको यस सम्बन्धि मत विभाजनमा प्रतिनिधि सभामा हाल कायम रहेको मतसंख्या मध्ये अर्थात् एक जना बाहेक सबै पुरै अर्थात् एक जना बाहेक सबै 258 मत प्रस्तावको पक्षमा परेको थियो |
कानुन न्याय तथा संसदीय व्यवस्था मन्त्री शिवमाया तुम्बाहाम्फेले राखेको प्रस्ताव संसदमा उपस्थित सबै धारा नौ को उपधारा २ सँग सम्बन्धित अनुसूचि ३ ले व्यवस्था गरेको निशाना छाप परिवर्तन गर्नका लागि प्रस्ताव राखेकी थिइन् ।
मतदानअघि विधेयक माथि भएको दफावार छलफलमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, राप्रपा नेता राजेन्द्र लिंगदेन तथा जनता समाजवादी पार्टीका नेताहरु उपेन्द्र यादव, राजेन्द्र महतोका साथै कालापानी क्षेत्र रहेको दार्चुला जिल्लाका सांसद गणेश ठगुन्ना लगायतले बोलेका थिए। सबैले प्रस्तावको समर्थन गर्दै अव वार्तामार्फत उक्त भूमिमाथि वास्तविक स्वामित्व कायम गर्ने तर्फ लाग्न सरकारलाई आग्रह गरेका थिए |

यस अघि संविधान संशोधन विधेयकमा समाजवादी पार्टीकी सांसद सरिता गिरीले राखेको संंशोधन प्रस्ताव सभामुखले अस्वीकृत गरेका थिए ।
संसदको शनिबारको बैठकमा संशोधन विधेयकमाथि सैद्धान्तिक छलफल सुरु हुनासाथ सांसद गिरी उठेकी थिइन् । तर सभामुख अग्निप्रसाद सापकोटाले उनको संशोधनलाई आफूले अस्वीकृत गरेको जानकारी दिए ।
प्रतिनिधिसभा नियमावलीको नियम ११२ अनुसार नभएकाले आफूले संशोधन अस्वीकृत गरेको उनले बताए । नियम ११२ मा कुनै पनि विधेयकमा संशोधन दर्ता गराउन ‘विधेयकमा निहित सिद्धान्तको विपरीत हुन नहुने र अस्पष्ट वा निरर्थक हुन नहुने’ उल्लेख छ । सभामुखबाट प्रस्ताव अस्वीकृत भएको निर्णय हुनासाथै गरी संसद बाट बाहिरिएकी थिइन् ।
सरकारले लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रलाई समेटेर जारी गरेको नयाँ नक्साअनुसारको नक्सा निशान छापमा राख्नल्याएको संविधान संशोधन विधेयक माथि समाजवादीकी सांसद गिरीले मात्र संशोधन दर्ता गरेकी थिइन् ।
समाजवादी पार्टीले उनलाई संशोधन फिर्ता लिन निर्देशन दिएको थियो भने नयाँ नक्साअनुसार नेपालको निशान छाप परिर्वतन गर्ने संविधान संशोधन विधेयकको पक्षमा मत दिन पार्टीका सांसदहरूलाई ह्विप समेत जारी गरेको थियो
प्रतिक्रिया