काठमाडौं : नेपालमा कोभिड १९ संक्रमितको संख्या ५ हजार ६२ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा यो जानकारी दिइएको हो ।
सम्मेलनमा गत २४ घन्टामा देशभर गरी कुल ४ सय ४८ जना जनामा थप संक्रमण देखिएको जानकारी स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले दिनुभयो । एकै दिनमा यो सर्वाधिक संख्यामा संक्रमित देखिएको यो पहिलो पटक हो ।
अहिले आइसोलेसनमा रहेर उपचार गराइहेका संक्रमितको संख्या ४ हजार १ सय ६९
यसै गरी एक लाख ५८ हजार ५० जनालाई क्वारेन्टिनमा रोखिएको छ ।
प्रवक्ता डा गौतम का अनुसार टेकुलगायत विभिन्न स्थानमा गरिएको परीक्षणबाट संक्रमण पुष्टी भएको हो ।
हालसम्म देशभर गरी कुल एक लाख १५ हजार ९ सय ३० वटा नमुनाको पीसिआर परीक्षण गरिएको छ । कोरोनाबाट नेपालमा मृत्यु हुनेको कुल संख्या जना १५ जना पुगेको छ।
हालसम्म उपचार पछि डिस्चाज हुनेको संख्या ८ सय ७७ पुगेको छ ।
प्रतिक्रिया