आजको दिन -कालापानीमा चन्द्रसूर्य

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


शुभप्रभात !! नमो नमः

आज २०७७ साल जेष्ठ ३० गते

आषाढ कृष्ण सप्तमी

तदनुसार जुन १२ शुक्रबार    

लकडाउन: आज ८१ औं दिन


आजको कोरोना अपडेट

नेपाल

कुल पसिआर परीक्षण –१ लाख १५ हजार ९ सय ३७

कुल पोजेटिभ केस —-४ हजार ६ सय १४

डिस्चार्जड केस —-८ सय १६

 मृत्यु —- १५  जना

क्वारेन्टाइनमा —-१ लाख ६२ हजार १३

आइसोलेशन ~ ३ हजार सात सय ३८

विश्वभर

(अहिले बिहान ६ :00  बजेसम्ममा)

कुल संक्रमित : 75  लाख 83  हजार  8 सय 91 जना

निको भएका :  38 लाख 35 हजार 1 सय 83 जना

मृत्यु : 4  लाख 23  हजार 81  जना

स्रोत:  वर्डोमिटर्स 

आजको राशिफलम्

मेष राशि: आयमा वृद्धि
वृष राशि: कार्य सिद्धि
मिथुन राशि: धन खर्च
कर्कट राशि: धन नाश
सिंह राशि: मिष्ठान्न भोजन
कन्या राशि: पारिवारिक सुख
तुला राशि: दोधारमा पर्ने
वृश्चिक राशि: कान्ति क्षय
धनु राशि: प्रियजन भेट
मकर राशि: कार्यमा बिघ्न
कुम्भ राशि: प्रसन्नता
मीन राशि: मान हानी

काठमाडौंको मौसम

आंशिक वदली केही ठाउँ वर्षा

तापक्रम

बढीमा : १ डिग्रि सेल्सियस

घटिमा : २० डिग्रि सेल्सियस

सूर्योदय : बिहान ५: ०७
सूर्यास्त : साँझ ६ः ००

इतिहास

कालापानीमा खुकुरी चम्किएको दिन

अतिक्रमणको सुरूवाती विन्दु

विसं २०५५ सालमा आजकै दिन अनेरास्ववियुको नेतृत्वमा नेपाली विद्यार्थी छिमेकी देश भारतद्वारा अतिक्रमित कालापानी क्षेत्रमा पुगेका थिए । जेठ २२ गते काठमाडौंबाट प्रस्थान गरेको टोली कालापानीको गागा क्षेत्रबाट त्यसतर्फ प्रस्थान गरेको थियो । त्यहाँ स्थित भारतीय सैनिक क्यापमा पुग्ने र ज्ञापनपत्र दिने गरी हिँडेको टोलीलाई भारतीय सनाले क्याम्पको करिब एक सय मिटर अघि बढन दिएन । ज्ञापनपत्र मात्र लिएर हिँडेको अनेरास्ववियु अध्यक्ष योगेश भटराई, उपाध्यक्ष रुपनारायण श्रेष्ठ तथा सञ्चारकर्मीहरुको टोलीलाई भारतीय अर्ध शैनिक बल(आइटिबिपी)को टोलीले अघिबढे गोली चलाइने चेतावनी दिँदै बीच बाटै फर्किन बाध्य बनाएको थियो ।

कालापानी भारतिय अर्धसैनिक बल रहेको स्थान नजिक (करिब एक सय मिटर)

़त्यसपछि कालापानी अभियानका सबै सदस्यहरुले त्यही स्थलमा राष्टिय झण्डासहित सभा गर्दै कालापानी क्षेत्रबाट सेना नहटेसम्म अभियान जारी रहने उद्घोष गरेका थिए । उक्त सभामा भटराई र श्रेष्ठसहित सुरेन्द्र मानन्धर, सुस्मिता ढकाल नन्दु उप्रेतिले सम्बोधन गर्नुभएको थियो ।