कोभिड १९ संक्रमित: ४ हजार ६ सय १४

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं : नेपालमा कोभिड १९ संक्रमितको संख्या  चार हजार ६ सय १४  पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा यो जानकारी दिइएको हो ।
सम्मेलनमा गत २४ घन्टामा देशभर गरी कुल  २ सय ५०   जना जनामा थप संक्रमण देखिएको जानकारी स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले दिनुभयो । हालसम्म देशमा कुल चार हजार तीन सय ६४ जनामा कोरेना भाइरस संक्रमण देखिएको छ । यसै गरी एक लाख ६२ हजार १३ जनालाई क्वारेन्टिनमा रोखिएको छ ।
प्रवक्ता डा गौतम का अनुसार टेकुलगायत विभिन्न स्थानमा गरिएको परीक्षणबाट संक्रमण पुष्टी भएको हो ।
हालसम्म देशभर गरी कुल एक लाख १५ हजार ९ सय ३० वटा नमुनाको पीसिआर परीक्षण गरिएको छ । कोरोनाबाट नेपालमा मृत्यु हुनेको कुल संख्या जना १५ जना पुगेको छ।