काठमाडौं ः नेपालमा कोभिड १९ संक्रमितको संख्या ४ चार हजार तीन सय ६४ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा यो जानकारी दिइएको हो ।
सम्मेलनमा गत २४ घन्टामा देशभर गरी कुल दुई सय ७९ जना जनामा थप संक्रमण देखिएको जानकारी स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले दिनुभयो । हालसम्म देशमा कुल चार हजार तीन सय ६४ जनामा कोरेना भाइरस संक्रमण देखिएको छ । यसै गरी १ लाख २ दुई हजार दुई सय ६६ जनालाई क्वारेन्टिनमा रोखिएको छ ।
प्रवक्ता डा गौतम का अनुसार टेकुलगायत विभिन्न स्थानमा गरिएको परीक्षणबाट संक्रमण पुष्टी भएको हो ।
हालसम्म देशभर गरी कुल १ लाख १० हजार ७ सय ४४ वटा नमुनाको पीसिआर परीक्षण गरिएको छ । कोरोनाबाट नेपालमा मृत्यु हुनेको कुल संख्या जना १५ जना पुगेको छ।
प्रतिक्रिया