संक्रमितको संख्या चार हजार नाघ्यो, जम्मा डिस्चार्ज ५ सय ८४

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं :  नेपालमा कोरोना कुल संक्रमितको संख्या चार हजार ८५ पुगेको छ । यसै गरी संक्रमितको जिल्लामा इलाम समेत थपिएको छ । यो सँगै देशका ७२ जिल्लामा कोरोना संक्रमण पुगेको छ

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा यो जानकारी दिइएको हो ।
सम्मेलनमा गत २४ घन्टामा देशभर गरी कुल तीन सय २३ जना जनामा थप संक्रमण देखिएको जानकारी स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले दिनुभयो ।
प्रवक्ता डा गौतम का अनुसार टेकुलगायत विभिन्न स्थानमा गरिएको परीक्षणबाट संक्रमण पुष्टी भएको हो ।
हालसम्म देशभर गरी कुल एक लाख ६ हजार वटा नमुनाको पीसिआर परीक्षण गरिएको छ । कोरोनाबाट नेपालमा मृत्यु हुनेको कुल संख्या जना १५ जना पुगेको छ।

यसैगरी देशभरमा गरी कुल १ लाख ६५ हजार ७ सय ७५ जना संभावित संक्रमितहरु क्वारेन्टीनमा रहेको जानकारी पनि कार्यक्रममा दिइयो ।