काठमाडौं : नेपालमा कोरोना कुल संक्रमितको संख्या तीन हजार सात सय ८८ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा यो जानकारी दिइएको हो ।
सम्मेलनमा गत २४ घन्टामा देशभर गरी कुल तीन सय १४ जना जनामा थप संक्रमण देखिएको जानकारी स्वास्थ्य मन्त्रालयका नवनियुक्त प्रवक्ता डा। जोगेश्वर गौतमले दिनुभयो ।
प्रवक्ता डा गौतम का अनुसार टेकुलगायत विभिन्न स्थानमा गरिएको परीक्षणबाट संक्रमण पुष्टी भएको हो । कोरोना प्रकोप सुरु भएपछि पहिलो पटक प्रेस सम्मेलन संचालन गर्नुभएका डा गौतम केही अलमलिएको पनि देखिनुभएको थियो
हालसम्म देशभर गरी कुल ९६ हजार २ सय ५ वटा नमुनाको पीसिआर परीक्षण गरिएको छ । कोरोनाबाट नेपालमा मृत्यु हुनेको कुल संख्या जना पुगेको छ।
यसैगरी देशभरमा गरी कुल १ लाख ६६ हजार ७ सय ६८ जना संभावित संक्रमितहरु क्वारेन्टीनमा रहेको जानकारी पनि कार्यक्रममा दिइयो ।
राजविराज बाट समेत २१ ठाउँबाट परीक्षण सुरु भएको जानकारी पनि कार्यक्रममा दिइयो । यसै गरी स्यांजा जिल्लाका वर्ष ५८ एक पुरुषको कोरोनाका कारण निधन भएसँगै नेपालमा कोरोना रोगबाट मृत्यु हुनेको कुल संख्या १४ पुगेको छ ।
प्रतिक्रिया