कोरोना संक्रमित पुगे, ४६७ जना डिस्चार्ज, ७१ जिल्लामा पुग्यो
काठमाडौं ः नेपालमा कोरोना कुल संक्रमितको संख्या तीन हजार चार सय ४८ पुगेको छ ।यस मध्ये महिला संक्रमितको संख्या २ दुई ३६ जना
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा यो जानकारी दिइएको हो ।
सम्मेलनमा गत २४ घन्टामा देशभर गरी कुल दुई सय १३ जना जनामा थप संक्रमण देखिएको जानकारी पनि डा। देवकोटाले दिनुभयो । यो हिजोको तुलनामा एक सय १० ले कम हो ।
प्रवक्ता डा देवकोटाका अनुसार टेकुलगायत विभिन्न स्थानमा गरिएको परीक्षणबाट संक्रमण पुष्टी भएको हो । कार्यक्रममा डा देवकोटाले आजको प्रेस सम्मेलन आफ्नो अन्तिम भएको र आफ्नो सरुवा भएको जानकारी पनि डा देवकोटाले दिनुभयो । उहाँले विगत ७६ दिन देखि स्वास्थ्य मन्त्रालयको नियमित अनलाइन प्रेस सम्मेलनमा कोरनाको अध्यावधिक जानकारी दिइरहनु भएको थियो
हालसम्म देशभर गरी कुल९६ हजार २ सय ५ वटा नमुनाको पीसिआर परीक्षण गरिएको छ । कोरोना संक्रमण मुक्त भई हालसम्म कुल ४ सय ६७ जना घर फर्केका छन् । आज मात्र देश भरबाट कुल १ सय २ जना डिस्चार्ज भएका हुन् । कोरोनाबाट नेपालमा मृत्यु हुनेको कुल संख्या जना पुगेको छ।
यसैगरी देशभरमा गरी कुल १ लाख ७० हजार ७ सय ५२ जना संभावित संक्रमितहरु क्वारेन्टीनमा रहेको जानकारी पनि कार्यक्रममा दिइयो ।
कोभिड नियन्त्रणको सन्दर्भमा देशभरका क्वारेन्टिन उपचार कक्षहरुको अनुगमन गर्न नियमन महशाखा, मेडिकल काउन्सिल, निजी अस्पतालकमो छाता संगनठको एक टोली गठन गरिने । हुनुपर्ने र भएका कुरामा तालमेल मिलाउन टिम गठन गरिएको जानकारी पनि पत्रकार सम्मेलनमा दिइयो ।
प्रतिक्रिया