संक्रमितको संख्या तीन हजार पार, मृतक १३

कोरोना भाइरसको कहर

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं :  नेपालमा कोरोना कुल संक्रमितको संख्या तीन हजार २ सय ३५ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा यो जानकारी दिइएको हो ।
सम्मेलनमा गत २४ घन्टामा देशभर गरी कुल ३ सय २३ जना जनामा थप संक्रमण देखिएको जानकारी पनि डा. देवकोटाले दिनुभयो ।

प्रवक्ता डा देवकोटाका अनुसार टेकुलगायत विभिन्न स्थानमा गरिएको परीक्षणबाट संक्रमण पुष्टी भएको हो ।

हालसम्म देशभर गरी कुल ९२ हजार ४ सय ७७ वटा नमुनाको पीसिआर परीक्षण गरिएको छ ।  कोरोना संक्रमण मुक्त भई हालसम्म कुल ३ सय ६५ ् जना घर फर्केका छन् ।  कोरोनाबाट नेपालमा मृत्यु हुनेको कुल संख्या १३ जना पुगेको छ।
डोल्पामा गत जेठ २१ गते राती दुई बजे तिर निधन भएको छ । दमको रोगी  उहाँ सुर्खेतबाट चार दिनअघि जानुभएको थियो । धनगढी ४ कि मृगौला पीडित महिलाको हिजो १२ बजे डायलायसिस गर्दौ गर्दै मृत्यु भएको छ । यसैगरी देशभरमा गरी कुल १ लाख ६८ हजार १ सय  ३१ जना संभावित संक्रमितहरु क्वारेन्टीनमा रहेको जानकारी पनि कार्यक्रममा दिइयो ।