रुकुम हत्याकाण्डको विरोधमा दीप प्रज्वलन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं:  कोरोना भाइरस (कोभिड–१९) को  संक्रमण नियन्त्रणका लागि सरकारले जारी गरेको लकडाउनले सबैको जीवनमा असर परेका छ ।
यसैबीच सुन्दर टोल जागृत समूहदले आज जोरपाटी चोकमा समूहदूारा रुकुममा हालै घटित निर्मम हत्याकाण्डको विरोधका साथै न्यायको पर्खाइमा रहेका दिवंगतका परिवारजनप्रति श्रद्धाञ्जली दिन तथा दीप प्रज्वलन गरेका छन् ।
दोषिहरुलाई शिघ्र कारवाहीको माग गर्दै यस्तो कु–कृत्यहरुको उन्मुलनको लागि एक्यबद्धताको आव्हान गरेका हुन् ।
सुन्दर टोल जागृतका सदस्य सोनु शाहका अनुसार  दीप प्रज्वलनसंजय परियार संयोजकको नेतृत्वमा वागमती प्रदेशका प्रदेश सभा सदस्य माननीय छिरिङ दोर्जे, उप–मेयर शान्ति नेपाल, गोकर्णेश्वर नगरपालिका ५ का वडा अध्यक्ष नारायणबहादुर सुवेदी, वडा.नं ६ का वडा अध्यक्ष रमेश अर्याल, गोकर्णेश्वर नगरपालिकाका समाजसेवा संयोजक दिपक लामा, समाजसेवी शम्भूप्रसादको उपस्थितिमा गरिएको हो ।