नेपालमा कोरोना कुल संक्रमितको संख्या दुई हजार नौ सय १२ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आजको नियमित पत्रकार सम्मेलनमा यो जानकारी दिइएको हो ।
सम्मेलनमा गत २४ घन्टामा २ सय ७८ जनामा थप संक्रमण भएको जानकारी पनि डा. देवकोटाले दिनुभयो । यो संख्या हिजोको तुलनामा केही कम हो ।
प्रवक्ता डा. विकाश देवकोटाका अनुसार टेकुलगायत विभिन्न स्थानमा गरिएको परीक्षणबाट संक्रमण पुष्टी भएको हो ।
कोरोना संक्रमण मुक्त भई हालसम्म कुल ३ सय ३३ जना घर फर्केका छन् ।
कोरोनाबाट नेपालमा मृत्यु हुनेको कुल संख्या ११ जना पुगेको छ।
प्रतिक्रिया