जनस्वास्थ्य संकटकाल घोषणा गर्ने सिफारीस

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमितको संख्या दुई हजार पार भएको र बढदो क्रममा रहेका कारण जनस्वास्थ्य संकटकाल घोषणा गर्न सिफारिस गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आजको नियमित पत्रकार सम्मेलनमा यो जानकारी दिइएको हो ।
सम्मेलनमा नेपालमा कुल संक्रमितको संख्या दुई हजार ६ सय ३४ पुगेको र गत २४ घन्टामा मात्र तीन ३४ जनामा थप संक्रमण भएको जानकारी पनि डा. देवकोटाले दिनुभयो ।

प्रवक्ता डा. विकाश देवकोटाका अनुसार टेकुलगायत विभिन्न स्थानमा गरिएको परीक्षणबाट संक्रमण पुष्टी भएको हो ।ती मध्ये कर्णालीमा सर्वाधिक एक सय ६ जनामा कोरोना संक्रमण भेटिएको छ ।

कोरोना संक्रमण मुक्त भई हालसम्म कुल २ सय ९० जना घर फर्केका छन् ।कार्यक्रममा पाँच दिन अघि भारतबाट आएका पाल्पाका ४५ वर्षे पुरुष कोरोना संक्रमणबाट मृत्यु भएको जानकारी पनि दिइयो । यसरी  कोरोनाबाट नेपालमा मृत्यु हुनेको कुल संख्या १० जना पुगेको छ।