काठमाडौं शिक्षा मन्त्री गिरीराजमणि पोखरेलले अहिलेको अनलाइन कक्षा प्रभावकारी देखिए त्यसलाई शैक्षिक सत्र २०७७ सँग जोडिने बताउनुभएको छ ।
शिक्षा पत्रकार सञ्जाल इजोनले बिहीबार आयोजना गरेको भिडियो अन्तत्र्रिmया कार्यक्रममा बोल्दै मन्त्री पोखरेलले हाल ४५ दिनका लागि व्यवस्था गरिएको अनलाइन कक्षाले सही गति लिन सके शैक्षिक सत्रसँग जोडिने जानकारी दिनुभएको हो ।
शैक्षिक सत्रसँग जोडिने भनिए पनि देशमा हालसम्म अभ्यास गरिएको अनलाइन शिक्षाको अनुभवले यसले कति विद्यार्थी समेट्न सक्छ र कति उपलब्धी मुलक हुन्छ भन्ने कुरा अहिलेसम्म यकिन भएको छैन । निजी विद्यालयले औषतमा ३० प्रतिशत विद्यार्थी समेटिएको बताइरहेको र सामुदायिक विद्यालयले निकै कम विद्यार्थी मात्र समेटेको अवस्थामा अनलाईन शिक्षालाई सत्रसँग जोडने आधार भने मन्त्री पोखरेले खुलाउनु भएन ।
मन्त्रालयले असार १ गते देखि विद्यालय खोल्ने नभनेको पनि मन्त्री पोखरेलले बताउनुभयो । ‘अन्य क्षेत्रमा लकडाउन खोलिए पछि अन्तिममा मात्र विद्यालय खुल्छन’, उहाँको भनाई थियो । यस बाहेक स्थानीय निकाय मार्फत पाठ्यपुस्तक विद्यार्थीसम्म पुर्याइन र त्यसका लागि स्थानीय नेतृत्वसँग अन्तक्र्रिया गरिएको जानकारी पनि मन्त्री पोखरेलले दिनुभयो ।
यसभन्दा थप अघि बढने कुरा भने प्रकोपको अवस्थामा भर पर्ने भनाई पनि मन्त्री पोखरेलेको थियो । कक्षा १०, ११ र १२ को परीक्षाका लागि योजना बनाउने कार्यसमेत भइरहेको उहाँले दिनुभयो । विश्वविद्यालयमा अनलाइन शिक्षाको पुर्वाधार बनाउन ७४ करोड रुपैयाँ विनियोजन गरिएको पनि उहाँले बताउनुभयो ।
प्रतिक्रिया