नेपालमा कोरोना संक्रमितको पछिल्लो कुल संख्या दुई हजार तीन सय पुगेको छ । देशभरका विभिन्न स्थानमा गरी आज थप २ सय १ जनामा कोरोना संक्रमण देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आजको नियमित पत्रकार सम्मेलन मा प्रवक्ता डा. विकाश देवकोटाका अनुसार टेकुलगायत विभिन्न स्थानमा गरिएको परीक्षणमा ८ जना संक्रमित फेला परेका हुन्।
संक्रमण हुनसक्ने खतराका कारण क्वारेन्टाइनमा हालसम्म एक लाख ५५ हजार ८ सय ६८ जना राखिएका छन् ।
कोरोना संक्रमण मुक्त भई हालसम्म कुल २ सय ७८ घर फर्केका छन् । यसरी आज डिस्चार्ज हुने १२ जनामा जनकपुर अस्पतालबाट टेकुबाट १ जना एक सय ९ जना बलम्बु अस्पताल एक जना , शिक्षण अस्पतालमा १ जना बुटबलबाट ४ जना संक्रमणबाट मुक्त भई घर फर्केका छन् ।
पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार सघन उपचार गराइरहेका दोलखाका एक जना पुरुषको निधन भएसँगै कोरोनाबाट नेपालमा मृत्यु हुनेको कुल संख्या ९ जना पुगेको छ
देशमा अहिलेसम्म ८ हजार २ सय ६७ पिसिआर परीक्षण गरिएको छ ।
प्रतिक्रिया