गाह्रो भो, अब पसल खोल्न पाउँ ….

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौंः सरकारले कोभिड–१९ संक्रमण रोकथान तथा नियन्त्रणका लागि जारी गरेको लकडाउनले दैनिकी चलाउनसमेत असर पर्न थालेपछि व्यापारीहरु पसल खोल्न पाउनुपर्ने माग गर्दै सडकमा उत्रिएका छन् ।
विगत ७० औँ दिनको लगातारको लकडाउनका कारण व्यापारीहरुले व्यापार गर्न नपाएको र पसलको भाडा,बैंक किस्ता,बैंकको ब्याज तिर्नुपर्ने हुनाले अब ब्यवसाय नगरे धान्न नसक्ने भनाई उनीहरुको छ । ‘दैनिक गुजारा चलाउनसमेत अफ्ठ्यारो परेको बेला पसल नखोले कसरी तिर्ने ?’, उनीहरुको भनाई छ ।

त्यसै सन्दर्भमा आज व्यापार व्यवसायी संघ, गोकर्णेश्वरले, गोकर्णेश्वर नगरपालिका समक्ष “दैनिक बिहान ६ बजे देखि ११ बजे सम्म नियमित संचालन गर्न पाउँ” भन्दै निवेदन पेश गरेका छन् ।
“व्यापार व्यवसायी संघ, गोकर्णेश्वरले पेश गरेको निवेदन अनुसार हुने नहुने भन्ने निर्णय भने आज बेलुकीसम्म स्थायी समितिबाट आउन सक्ने भएकोले भोलीसम्म पर्खिन नगरपािलका वडा.नं ५ का वडा अध्यक्ष नारायणबहादुर सुवेदीले आग्रह गर्नुभयोे । व्यवसायीहरुले खाद्यान्य पसल मात्र नभई मोबाइलफोनदेखि, जुत्ता, फेन्सी लगायतका पसल ‘‘सामाजिक दूरी कायम गरी खोल्न पाउनु पर्ने माग गर्नुभएको छ । निर्णय के आउँछ हेरौं,” सुवेदीले भन्नुभयो ।