आजको दिन (बीस वर्षअघिको विभत्स हत्याकाण्ड)

समाचार, इतिहास, मौसम र राशिफल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


शुभप्रभात !! नमो नमः

आज २०७७ साल जेष्ठ १९ गते

जेष्ठ शुक्ल दशमी

तदनुसार जुन सोमबार 

लकडाउन: आज ६९ औं दिन,


आजको कोरोना अपडेट

नेपाल

कुल पसिआर परीक्षण —-69 हजार 5 सय 78

कुल पोजेटिभ केस —- एक हजार 5 सय 72 जना

डिस्चार्जड केस —- दुई सय 20 जना 

मृत्यु —-8 जना

क्वारेन्टाइनमा —-1 लाख 19 हजार 1 सय 92 जना

स्रोत: स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

विश्वभर

(अहिले बिहान ६ :00  बजेसम्ममा)

कुल संक्रमित :  62 लाख 58 हजार 8 सय 68 जना

निको भएका :   27 लाख 85 हजार 1 सय 71 जना

मृत्यु : 3  लाख 73 हजार  6 सय 88  जना

स्रोत:  वर्डोमिटर्स 

आजको राशीफल 

ज्येतिष ~ उमेश दुलाल

काठमाडौंको मौसम

आंशिक बदली, साँझपख हावा हुरी र चट्यांगको सम्भावना

तापक्रम

बढीमा : २७ डिग्रि सेल्सियस

घटिमा : १६ डिग्रि सेल्सियस

सूर्योदय : बिहान ५: ०८
सूर्यास्त : साँझ ६ः ५५

इतिहास

दरबार हत्याकाण्ड

विसं 2058 सालमा आजैका दिन नेपालको तत्कालिन राजा वीरेन्द्र र उनको परिवार सहित १० जना शाही नातेदारको हत्या भयो जसलाई दरबार हत्याकाण्डका नामले चिनिन्छ ।

नेपाली जनताले आधुनिक इतिहासकै सबैभन्दा नाटकीय र अकल्पनीय घटना मानिने यो हत्या काण्डमा तत्कालिन युवराज दीपेन्द्रले राजा वीरेन्द्र, रानी ऎश्वर्य, अधिराजकुमारी श्रुति, अधिराज कुमार निराजन, काका धीरेन्द्र, शाही नातेदार शान्ति श्रद्धा जयन्ति र खड्ग विक्रम शाहलाई गोली हानी हत्या गरेका थिए । त्यसपछि उनले आफैमाथि गोली प्रहार गरेको बताइयो।

अर्को दिन अस्पतालमा गम्भीर घाइते रहेका उनलाई राजा घोषणा गरियो र उनका काका अधिराजकुमार ज्ञानेन्द्रलाई  नेपाल अधिराज्यको राज्य सहायक घोषणा गरियो।  त्यसको तीन दिनपछि कोमामा रहेका राजा दीपेन्द्रको मृत्यु भयो र राज्य सहायक ज्ञानेन्द्र नेपालका नया राजा घोषणा भए !