
सन १९८७ देखिनै ३१ मे मा विश्व धुम्रपान विरूद्धको दिवस मनाउदै आएका छौ । विश्व भर रहेका जनताहरुको स्वास्थ्यलाई ध्यानमा राखेर यसबाट हुन सक्ने जटिलताहरु न्युनिकरण गर्ने,धुम्रपानको खपत कम गर्न पोलिसि बनाउने र समाजमा धुम्रपान सम्बन्धि जनचेतना कार्यक्रम गर्ने र चुरोट, गाँजा, हूक्का, विडी लगाएतका धुवाजन्य अपभोगका वस्तुले स्वास्थ्यमा गर्ने हानीका बारेमा संसारभर जनजागरण फैलाउने गरिन्छ ।
नेपाल टोबेको फ्याक्टुसिट २०१८, ले गरेको अनुसन्धान अनुसार नेपालमा प्रत्येक वर्ष २७ हजार जना भन्दा बढीको मृत्यु सुर्तिजन्य पर्दाथको सेवनले गर्दा भएको छ । मृत्युदरको १४.९ प्रतिशत सुर्तिजन्य पर्दाथ सेवन र त्यसबाट हुने रोगको कारणले गर्दा भएको पाइएको छ । जसमा ५० प्रतिशत पुरुष रहेको छन भने ९ प्रतिशत महिला रहेको छन ।
धुम्रपान स्वास्थ्यका लागि हानिकारक छ भनेर सुर्तिजन्य पर्दाथको खोलमा लेखेता पनि संसारभर हरेक मिनेटमा १ करोड चुरोट विक्री भएको पाइएको छ । सुर्तिमा ४ हजार किसिमका रसाएनीक पर्दार्थहरु हुन्छन जसले हाम्रो स्वास्थ्यलाई नराम्रो प्रभाव पार्ने गर्दछ । सुर्तिमा धेरै मात्रमा निकोटिन रसायन हुन्छ, जसलाई नेपालमा चुरोट, बिडी, ककेड, हुक्का तथा गाँजाका रुपमा प्रयोग गरिन्छ । यसमा भएको निकोटिन र धुम्रपानबाट उत्पन्न हुने कार्वनमनो आक्साइडले मानिसको रगतमा र मस्तिष्कमा समेत नराम्रो प्रभाव पर्ने गर्दछ । धुम्रपान सेवनले लाग्ने रोगहरु यसप्रकार छन ।
-मूटूको रोग लाग्ने
-दम, खोकी, ब्रोडकाइटिस
-फोक्सोको क्यानसर हुने
-मस्तिकघात, उच्चरत्तचाप
-गिजा र दाँतम समस्या आउनु
-गर्भअवस्थामा सेवन गर्यो भने त्यसले गर्दा गर्मको बच्चा कमजोर र आपाङ जन्मिनु, बच्चाको बृद्धिविकासमा असर पार्नु
-काम गर्ने क्षमता कम हुदै जानु
धुम्रपान बाट हुन सक्ने यी रोगहरु आफुले प्रत्यक्ष धुम्रपान सेवनबाट मात्र हुन्छ भन्ने छैन, यदी हामी ूएबककष्खभ क्mयपभचू अर्थात अप्रत्यक्ष रुपमा त्यस धुम्रपानको धुवासँग सम्पर्कमा भएका छौ भने हामीलाई पनि हुन सक्छ । ूएबककष्खभ क्mयपभचू लाई विषेश गरी फोक्सो को क्यान्सर हुने सम्भावना २० देखि ३० प्रतिशत हुन्छ । यसमा बालबालिकाहरु प्रभावित भएको हुन्छन ।
प्रत्यक्ष रुपमा गरिने र अप्रत्यक्ष रुपमा गरिने धुम्रपानको धुवाले बच्चाहरुलाई धेरै असर गरेको हुन्छ । गर्भ अवस्थामा धुम्रपान गर्नेले गर्भमा भएको बच्चालाई पनि उतिने असर गरेको हुन्छ । चुरोटमा हुने निकोटिन र कार्वनमानो अक्साइड र अन्य क्यान्सर गराउने विषादीहरु रक्तसञ्चारको माध्यम बाट गर्भमा हुक्दै गरेको बच्चा को शरीरमा पुगेर बच्चालाई असर पार्छ ।
गर्भावस्तामा धुम्रपान सेवन गर्नाले बच्चाको मुटुको बनावट र मुटुको चालमा असर पार्छ ।
बच्चाको शारीरिक र मानसिक विकासमा अवरोध हुन सक्छ र रोग प्रतिरोध क्षमतामा कमि हुन सक्छ, साथै बच्चा अपाङ्ग र सुस्त मनस्थितिको जन्मन सक्छ ।
गर्भा अवस्थामा धुम्रपान गर्नाले गर्भपतन खतरा, कमतौल भएको बच्चा र समय अधिनै बच्चा जन्मने खतसहरु पनि हुन सक्छ ।
धुम्रप।न गर्नेमा मात्र नभइकन परिवारका अन्य सदस्यले धुम्रपान गरेमा गर्भमा रहेको बच्चाको स्वास्थ्यमा प्रभाव पर्नसक्छ ।
बच्चा जन्मेर युवा अस्वथा लाग्दै गएपछि धुम्रपान नगर्ने व्यत्तिहरुमा पनि फोक्सो सम्बन्धि गम्भीर समस्या देखिन्छ । यदी घरको अरु सदस्य वा अभिभावकले धुम्रपान सेवन नर्गुहून्थ्यो भने किशोर अवस्थामा प्रवेश गरे सँगै किशोर किशोरीहरु विभिन्न धुम्रपान र सुर्तिजन्य पर्दाथको कुलतमा फस्ने गर्छन । घरपरिवारको देखासिखीले गर्दा, साथीभाइको दबाब, सामाजीक सञ्जालमा गरिने प्रचार प्रसारले गर्दा मानसिक तनाव वा समस्या छ भने त्यसलाई कम गर्नहोस वा परिवारीक कलहले गर्दा होस वा वैशाणुजत कारणले गर्दा होस युवाहरु धुम्रपान तर्फ आर्कसित हुन्छन जसको परिणाम स्वरुप बिभिन्न रोगहरुको सिकार हुन जान्छ ।
बालबालिका युवालाई धुम्रपानको लत लाग्न नदिन के गर्ने ?
सर्वप्रथम त धुम्रपानले हिरो हैन, जिरो बनाउँछ भन्ने कुरा युवाहरुलाई बुझाउन जरुरी छ, यसले हाम्रो शरिरलाई गर्ने नवारात्मक असरहरुको बारेमा विभिन्न माध्यमहरु बाट जानकारी दिनुपर्छ ।
युवाहरुलाई नाई भन्ने शब्दको प्रयोग गर्न लगाउनु पर्छ, यदी कसैले धुम्रपानको लागि कर गर्दै छ वा उसको अगाडी गर्दै छ भने होइन म गर्दिन भन्न लगाउने ।
धुम्रपान महङगो छ भन्ने कुरा बझाउनुपर्छ, दिन दिनै धुम्रपान गर्नको लागि खर्च गरिने पैसा र धुम्रपानले गर्दा स्वास्थ्यमा समस्या आएपछि अर्थिक भारको बारेमा प्रस्ट पार्नु हुन्छ ।
परिवारको सदस्यहरुले वा अभिभावकहरुले बालबालिकालाई धुम्रपान खरिद गर्न नपठाउने साथै उनीहरुको अगाडी धुम्रपानको सेवान नगने ।
समाजको रितिरिवाजहरुमा धुम्रपानको प्रयोग कम गर्ने ।
धुम्रपानको आकर्षक विज्ञापनहरु कम गर्ने ।
आज “विश्व धुम्रपान रहित दिवस” मा हामी सबै धुम्रपान सेवन गर्नेहरु २४ घण्टाको लागि धुम्रपान सेवन नगरौ र आफुमा हुने परिवर्तन महसुस गरौ । हरेक दिन आजको २४ घण्टा म धुम्रपान नगर्ने र आजैबाट त्याग्ने प्रण गरौं।
डा• गुप्ता वीरगंजस्थित नेशनल मेडिकल कलेजका वरिष्ठ बाल रोग तथा नवजात शिशु रोग विशेषज्ञ हुनुहुन्छ
प्रतिक्रिया