आफू घरमा मस्त, कामकाज अस्त व्यस्त

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं
कोरोनाभाइरस (कोभिड–१९) को संक्रमण फैलिन नदिन सरकारले गरेको लकडाउनले अरु नेपालीलाई जस्तै कलाकार र संगीतकर्मीलाई पनि जीवनमा कहिल्यै नपाएको छुटि दिलाइदिएको छ । सुटिङ, रेकर्डिङ आदि सबै छोडेर गत ६८ दिनदेखि घरमै बस्नु पर्दा अब भने छटपटि सुरु हुन थालिसकेको छ ।
यस लकडाउनको बेला कलाकारहरुले के गरे ? फुर्सदको आनन्द लिए वा घरैबसेर गरिने सृजना र साधनामा विताए ? लकडाउन हटेपछि उनीहरुले सबैभन्दा पहिले के गर्छन् होला ? यिन प्रश्नको उत्तर खोज्ने काम घामछायाँ डट कमले यो सामग्रमार्फत गरेको छ ।

समाजसेवा र साधना

गायिका एवं गीतकार समृद्धि राई अहिले दलले रेस्टुरेन्टको सहकार्यमा सडकका जनवारहरुलाई (कुकुर) एक टाइम खाना (मासुसहित) खुवाउने गर्नुहुन्छ । बाँकी रहेको समय भने संगीत कै साधनामा वित्छ । लकडाउले तीन साता पार गरे पछि समाज सेवामा लागि परेको र आफू व्यस्तभएको महसुस गरेका उहाँ बताउनु हुन्छ ।
परिवारसँग समय बिताउन पाएको यो समयमा आफूसहित ३० जना गायिकारहरु तथा सबिन राई, राजु लामा, सुशांत केसी, रोहितजोन छेत्रीका साथ “रातो र चन्द्र सुर्य जङ्गी निशान हाम्रो” गीतमा म्युजिक भिडियोको तयारी गरिरहनु भएको छ ।

यो म्यिुजिक भिडियो अबको दुई–तीनमागीत रिलीज हुने जानकारी पनि राईले दिनुभयो । उहाँका अनुसार कोरोनाभाइरस (कोभिड–१९) संक्रमण नहुँदो हो त अहिले कन्सर्टहरु हुने समय हो । कोरोनाले सबै रोकिए पछि स्रोताहरुसम्म पुग्ने माध्यमका रुपमा म्युजिक भिडियोहरु बनाउन लागि परेको उहाँ बताउनु हुन्छ । ‘तर जे जस्तो भएनि अहिले बाँच्नु ने ठूलो कुरा हो’, उहाँको भनाई छ ।
अहिलेको समय भनेको हामी सबै मिलेर जिम्मेवार नागरिक भएर सरसफाइ र सामाजिक दुरी कायमगर्नुका साथै मिडिया मार्फत चेतनाजगाउने हो, घरमै परिवारसँग बस्ने उहाँले बताउनु भयो ।

घरपरिवारलाई समय, स्वच्छ वातावरण र ताजा खाना 
“ए मेरो हजुर–३” बाट आफ्नो अभिनय यात्रा सुरु गरेकी रूपा घिसिङ भने अहिले आप्ःनोू गाउँ रामेछापतिर हुनुहुन्छ । त्यसैकारण राजधानीमा भएका कलाकार जस्तो सामाजिक संजालमा धेरै सक्रीय हुननसकेको उहाँ बताउनु हुन्छ । तर लक डाउनले उहाँलाई परिवारसँग समय भने दिएको छ । पहिले आफैले आफैलाई समय दिन नपाएकोमा अहिले आफ्रनो ठाउँको प्राकृतिक सुन्दरतामा रमाउने अवसर लकडाउनले दिएको उहाँले बताउनु भयो । काठमाडौंमा रहँदा काम मै व्यस्त रहने उहाँले अहिले खानासमेत समयमै खाना पाउनु भएको छ र पहिलेको भन्दा ताजा पनि छ ।
कोडिड संक्रमण अघिसम्म उहाँ जे–संगीत टिभीमा एक भिडियो जक्कीेको रुपमा कामगर्दै आउनु भएको थियो । ‘अहिले ती कामलाई याद गरिरहेको छु । रोकिएका योजना कहिले सुरु गर्न सकिएला चिन्ता त्यसैको छ‘, उहाँको भनाई छ ।

परिवारलाई समय त दिइयो, तर काम अस्तव्यस्तsalonnbasne
अभिनेता सलोन बस्नेतलाई पनि लकडाउनले धेरै पछि परिवारसँग बस्ने अवसर दिएको छ । ‘मलाई रमाइलो लागि रहेको छ । घरमै बस्यो खायो, गेम खेल्यो, व्यायाम गर्यो, त्यसरी नै दिन विताइ रहेको छु । अहिले समय नै त्यस्तै छ सरसफाइ र सामाजिक दुरी कायम गर्नु घरमै बस्नु पर्छ’, उहाँको भनाई छ । तर लकडाउनले गर्दा कामलाई निरन्ता दिन चाहीँ पाइएको छैन् नपाइएको उहाँ बताउनु हुन्छ । त्यसमाथि आधामात्र शुटिङ सकिएका कामहरु सबै रोकिएको र दुईओटा प्रोजेक्टहरु नै छुटला जस्तो भइ रहेको पनि उहाँले बताउनु भयो । लकडाउन खोलेपछि के गर्ने ? भन्नेमा आफू अलमलमै रहेको उहाँले बताउनु भयो । अब के हुन्छ हेरौ, “ए मेरो हजुर ४” फिल्मका थोरै शुटिङ बाँकि थियोे त्यही सकाउने सोच छ, उहाँले भन्नुभयो ।

समाचार अपडेट भइरहँदा नयाँ नयाँ ज्ञान

pema lama
लकडाउन समयलाई अनलाइनमा ज्याज संगीत, खाना पकाउँन सिक्दै र कठिनाइ भएका आफनो तर्फबाट सक्ने सहयोग गर्दै सदुपयोग गर्दै हुनहुन्छ गायक पेमा लामा। ‘अहिले आफुलाई आजकाल समाचार अपडेटमा व्यस्त राख्न थालेको छु र घर मै बसी नयाँ–नयाँ कुरा सिक्दै छु । लकडाउन कै कारण आफनो नयाँ गीत भिडियो शुट गर्न नपाएकाले लिरिक्स भिडियो मात्र राख्न लागेको पनि उहाँले बताउनुभयो । पहिले रेष्टुरेन्टमा गीत गाउने गर्थेँ जुन अहिले सम्भव छैन । अहिले गीतको लिरिक्सहरु नि लेख्दै गर्दै छु उहाँले जानकारी दिनु भयो ।