आजको दिन (३० वर्षपछि खुलेको समाचार स्रोत)

समाचार, इतिहास, मौसम र राशिफल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


शुभप्रभात !! नमो नमः

आज २०७७ साल जेष्ठ १८ गते

जेष्ठ शुक्ल नवमी

तदनुसार मे ३१ आइतबार 

लकडाउन: आज ७१ औं दिन,


आजको कोरोना अपडेट

नेपाल

कुल पसिआर परीक्षण —-६६ हजार सय 

कुल पोजेटिभ केस —- एक हजार सय २९ जना

डिस्चार्जड केस —-सय १९ जना 

मृत्यु —-जना

क्वारेन्टाइनमा —-१ लाख १ हजार ७जना

स्रोत: स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

विश्वभर

(अहिले बिहान ६ :00  बजेसम्ममा)

कुल संक्रमित :  61 लाख 50 हजार 4 सय 85 जना

निको भएका :   27 लाख 34 हजार 5 सय 48 जना

मृत्यु : 3  लाख 70 हजार  5 सय 6  जना

स्रोत:  वर्डोमिटर्स 

आजको राशीफल 

मेष राशि: क्लेश
वृष राशि: कान्ति क्षय
मिथुन राशि: पराक्रम बढ्ने
कर्कट राशि: आफन्तमा वैरीभाव
सिंह राशि: धन लाभ
कन्या राशि: नैराश्यता
तुला राशि: आयमा वृद्धि
वृश्चिक राशि: कार्यमा पदोन्नती
धनु राशि: यात्रामा कष्ट
मकर राशि: अस्वस्थता
कुम्भ राशि: पारिवारिक सुख
मिन राशि: खर्चमा वृद्धि

ज्येतिष ~ उमेश दुलाल

काठमाडौंको मौसम

आंशिक बदली, साँझपख हावा हुरी र चट्यांगको सम्भावना

तापक्रम

बढीमा : २७ डिग्रि सेल्सियस

घटिमा : १६ डिग्रि सेल्सियस

सूर्योदय : बिहान ५: ०८
सूर्यास्त : साँझ ६ः ५५

इतिहास

३० वर्षपछि समाचार स्रोत् खुल्दा:
सन् २००५ मा अमेरिकी जासुसी निकाय फबिआईका पुर्व सहनिर्देशक विलियम मार्क फेल्टले तीस वर्ष अघि छापिएको वाटर गेटकाण्ड सम्बन्धी समाचारको स्रोत आफू भएको खुलासा गरेका थिए ।
उनी अमेरिकाको वाटर गेट काण्डमा खेलेको भूमिकाका लागि विश्वभर चर्चित छन् । सन् १९७४ मा तत्कालिन अमेरिकी राष्टपति रिचर्ड निक्सनको संलग्नतामा वाटर गेटमा रहेको विपक्षी दलको कार्यालयमा टेप रिकर्ड राखिएको घटनाबारे उनैले वासिंटन पोष्टका संवाददाता बब उडवार्ड र कार्ल बर्निनिष्टन लाई डिप थ्रोटको नामबाट सूचना दिएका थिए ।
आफू जिवित रहँदासम्म यो कुरा सार्वजनिक नगर्ने सर्तमा सूचना दिएका फेल्टले तीस वर्ष पछि ९१ वर्षको उमेरमा यो कुरा सार्वजनिक गरे । उनलाई उनकी छोरीले यसका लागि प्रेरित गरेकी थिइन् .