काठमाडौ : कोरोनाभाइरस (कोभिड–१९) को संक्रमण रोकथाम तथा नियन्त्रण कालागि गरिएको लकडाउनका कारण सबै जनजीवन कष्टकर हुँदै गएकोे बेला राजधानीको गोकर्णेश्वर नगरपालिका वडा–५ हरिराम शाहीले आफनो दुई घरमा भाडामा बस्नेहरुलाई एक महिनाको घरभाडा छुट दिने घोषणा गर्नुभएको छ ।
घर भाडामा छुट दिने निर्णयबाट उहाँको घरमा भाडामा बस्तै आएकाहरु खुसी भएका छन् भने छिमेकीहरुले प्रशंसा गरेका छन् । सुन्दर टोल युवा समूहका समाजसेवी सोनू शाहका अनुसार डेरामा बस्ने पारु लिम्बुु र चेसांग ह्योल्मो जस्ता श्रमिकहरुलाई शाहीको घोषणाले निकै खुसी तुल्याएको छ ।
शाहीले यस अघि पनि गत अप्रिल ५ मा सुन्दर टोल युवा समूह, बराल पेट्रोल पम्प, जोपाटीका युवा समूह लगायतको सहकार्यमा बिहान, बेलुका खाना निःशुल्क खुवाउने कार्य र साथै रक्तदान कार्यक्रम पनि गरेका उहाँले बताउनुभयो । सुन्दर टोल युवा समूहका संयोजकसमेत रहेका शाहीले देशभर कोरोना भाइरसको संक्रमण बढि रहेको समयमा सबै घरवालाहरुलाई घर भाडामा छुट दिने अनुरोध गर्न चाहेको घामछायाँ बताउनुभयो ।
प्रतिक्रिया