oसरकारले कोरोना रोगको रोकथामलाई उच्च प्राथमिकतामा राख्दै थप परीक्षण थप क्वारेन्टाइन लगायतका कार्यका लागि ६ अर्ब रुपैयाँ बजेट व्यवस्था गरेको छ । बिहीबार संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०७७।७८ को बार्षिक बजेट प्रस्तुत गर्दै संघ, प्रदेश र स्थानीय सरकारका स्वास्थ्य कार्यक्रमका लागि ९० अर्ब ६९ करोड व्यवस्था गरेको छ ।
यसै गरी कोरोनाबाट रोजगारी गुमाएका ज्यालाको एक चौथाइ खाद्य राहतको रुपमा दिने, स्वास्थ्य पुर्वाधारका १२ अर्ब प्रमुख नाकामा स्वास्थ्य डेस्क र दुई सय ७२ स्थानीय तहका अस्पतालका लागि १४ अर्ब २८ करोड र एक चिकित्सक एक स्वास्थ्य सँस्था ५ अर्ब रुपैया सरकारले व्यवस्था गरेको छ ।
प्रतिक्रिया