संक्रमितको संख्या हजार पार

कोरोना भाइरसको कहर

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं : नेपालमा  कोभिड–१९ बाट संक्रमित हुनेको संख्या एक हजार नाघेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा बिकाश देवकोटाले आज नियमित पत्रकार सम्मेलन मार्फत  १५६ जना नयाँ संक्रमित रहेको जानकारी दिनुभएको हो । यो संगै संक्रमितको कुल संख्या एक हजार 42 पुगेको छ

उहाँका अनुसार थपिएका नयाँ संक्रमितहरुमा धनुषा, महोत्तरी, दोलखा,सोलुखुम्बु, बझांगलगायतका जिल्लाका रहेका छन् ।

साथै उहाँले प्रदेश १ मा १२९, प्रदेश २ मा ४१५, वागमतीमा ४४, गण्डकी १७, प्रदेश ५ मा ३६९ जना, कर्णालीमा ४७, सुदुरपश्चिमका २१ जना संक्रमित रहेका छन । आज थपिएसँगै ५१ जिल्लामा कोरोना संक्रमित देखिएका छन् ।