विदेशका नेपाली नागरिकलाई सरकारले उद्दार गर्छ :प्रधानमन्त्री

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशमा रहेका नेपाली नागरिकलाई सरकारले उद्दार गर्ने बताउनु भएको छ।

सोमबार अपरान्ह राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विदेशमा रहेका नेपाली नागरिकप्रति सरकार संवेदनशील रहेको बताउनुभयो।

‘सरकारले विदेशमा रहेका आफ्ना नागरिकलाई समयमै उद्दार ,’ उहाँले भन्नुभयो । यसका लागि उद्दारको प्राथमिकता र देशको व्यवस्थापिक क्षमता अनुरुप निर्णय गरिने भनाई उहाँको थियो ।

प्रधानमन्त्री ओलीले भारतबाट कष्ट झेल्दै स्वदेश फर्केकाहरूको समयमै परीक्षण नहुँदा कोरोना महामारी फैलन मद्दत पुगेको समेत बताउनुभयो । ‘भारतबाट अनेक कष्ट झेल्दै घर फर्केकाबाट महामारी फैलनमा योगदान गरेको छ,’ प्रधानमन्त्रीको कथन थियो।
साथै उहाँले स्वदेश फर्कनेको अनिवार्य परीक्षण गराउन सरकार लाग् िपर्ने समेत बताउनुभयो ।

कोरोना संक्रमणको प्रकोपको बढन सक्ने यथार्थलाई आत्मसाथ गर्नुपर्ने बताउँदै ओलीले समुदायस्तरमा कोरोना थप विस्तार हुन नदिन सरकारले कदम चाल्ने समेत बताउनुभयो ।
कोभिड १९ महामारीका कारण विथोलिएको शैक्षिक सत्र भर्चुअल कक्षा व्यवस्थापन गरी सुरू गरिने ।

यसका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आवश्यक गृहकार्य गरिरहेको प्रधानमन्त्री ओलीको भनाइ छ। साथै उहाँले विदेशबाट फर्किनेको आत्मसम्मान मा चोट पुग्ने गरी अभिव्यक्ति नदिन पनि प्रधानमन्त्रीले आग्रह गर्नुभएको छ ।
कोरोनाविरुद्ध संर्घष गदै आर्थिक गतिविधि अघि बढाइने तर आवागमनलाई भने आवश्यकता अनुरुप मात्र गर्ने गरी कडाइ जारी राखिने पनि प्रधानमन्त्रको सम्बोधनमा उल्लेख छ ।
यसरी गरी उद्योग व्यवसायलाई राहत दिन कर सहुलियत आदि सहितेको विस्तृत प्रस्ताव छुटै ल्याइने र लकडाउन अवधिभरको सामाजिक सुरक्षामा कोषमा लाभग्राहीका तर्फबाट गरिने योगदान बापतको रकम सरकारले नै हाल्ने ्जानकारी पनि प्रधानमन्त्रीले दिनुभयो ।

साथै उहाँले स्वच्छ आहार, शारीरिक व्यायाम, सरसफाई, आराम र उच्च मनोबलसहित लकडाउनले दिएको फुर्सदलाई सदुपयोग गर्न पनि प्रधानमन्त्रीले आह्वान गर्नुभएको छ ।