संक्रमित ६ सय ८२ ; एक सय १२ जना डिस्चार्ज

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेपालमा कोरोना संक्रमितको संख्या ६ सय ८२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आजको नियमित पत्रकार सम्मेलन मा प्रवक्ता डा. विकाश देवकोटाका अनुसार सेती र भेरी र नारायणी अञ्चल अस्पतालमा गरिएको परीक्षणमा ६ जना व्यक्तिमा कोभिड १९ संक्रमणको पिसिआर संक्रमण रिपोर्ट पोजेटिभ पाइएको छ ।

देवकोटाका अनुसार सात प्रदेश मध्ये प्रदेश न. ५ मा सर्वाधिक दृई सय ९२ र प्रदेश नं दुईमा दुई सय ३५ संक्रमित छन् । कोरोना संक्रमणबाट नेपालमा मृत्युहुनेको संख्या भने ४ रहेको छ ।

साथै डा.देवकोटाले देशमा कोरोना संक्रमण जाँच्ने एक ल्याब त्रिवि शिक्षण अस्पतालमा महाराजगंजमा स्थापना भएको र यो सँगै देशमा २० वटा परीक्षण प्रयोगशाला भएको उहाँले बताउनुभयो