बेला यहि हो !  स्थानीय सरकारले आफूलाई सक्षम देखाउने 

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मोमताज राय भाट

सिंगो संसार कोभिड १९ कोरोना भाईरसको चपेटामा परी आक्रान्त भएको अवस्था छ । वितेको वर्ष २०१९, डिसेम्बरको अनत्यमा चीनको बुहान प्रान्तबाट प्रथम पटक देखा परेको यो भाईरसले हाल विश्वका करिब सबै देशमा आफ्नो दबदबा जमाएको छ । र दिन प्रति दिन फैलिने क्रम जारी नै रहेको छ । चीनको बुहान हुदै युरोपेली मुलक इटाली तथा उत्तर अमेरिकी मुलुक संयुक्त राज्य अमेरिकामा केन्द्र बनाई फैलिदै गर्दा विश्वको सबभन्दा ठुलो प्रजातान्त्रिक मुलुक भारतमा पनि यसबाट संक्रमित मानिसहरुको संख्यामा वृद्धि हुदै एसियाली मुलुकहरू केन्द्र बिन्दु बन्न पुगेको छ ।

फ्रान्समा अध्यनरत १९ वर्षिय एक नेपाली युवती कतार हुदै नेपाल फर्किएकी उनी नेपालमा दोस्रो संक्रमित थिइन । उनि भन्दा पहिला चिन बाट आएका एक जना नेपाली यूवामा कोरोनाको संक्रमण देखा परेको थियो । जो उपचार पछि निको भएर घर फरकि सकेका थिए । त्यति बेला सम्म यो संक्रमण नियन्त्रणमा नै थियो । दक्षिण एशियाली मुलुकहरुमा भुटान पछि दोस्रो स्थानमा कम संक्रमण फैलिएको दृष्टिकोणले नेपाल सुरक्षित थियो ।

छिमेकी मुलुक भारत संगको खुल्ला सिमाना रहेको र नेपाल बाट धेरै व्यक्तिहरु रोजगार, व्यपार र विभिन्न प्रयोजनाको लागि भारत जान छाडेका छन । भारत सरकारले मार्च महिनामा अचानक लकडाउन लगाएका कारणले गर्दा भारतमा रहेका नेपालीहरु नेपाल फर्कन न सकेर त्यहि बस्न बाध्य भएका थिए । भारतमा पछिल्लो समय कोरोनाबाट संक्रमित मानिसहरुको संख्यामा अत्यन्तै वृद्धि भइरहदाँ त्याहाँ स्थित नेपालीहरु पनि मानिसक रुपले चिन्तित बनेका छन । तर यो संक्रमणबाट बच्न र सुरक्षित रहन सरकारले आवहान गरेको लकडाउन र सिमानामा कडाई र व्यक्तिगत सरसफाई, समाजिक दुरी कायम गर्नु नै तत्कालको लागि प्रभावकारी उपाय रहेको छ । सयौँ किलो मिटरको दुरी पैदल पार गरी सिमानामा फसेका हजारौ व्यक्तिहरु अहिले पनि कोही अलपत्र छन त कोही क्वारेन्टाइनमा बसी सरकारले जारी गरेको निर्देशनको पालना गरी सभ्य र जिम्मेवार नागरिकको परिचय दिदैँ आफुलाई संक्रमणमुक्त राखेका छन भने कतिपय व्यक्तिहरु राति राति मौका छोपि बोर्डर पार गर्दै आफ्नो घर, मामाघर, ससुरालीमा लुकीछिपी बसेका कारण यो संक्रमण झन फैलिदै गएको छ ।
नेपालमा लकडाउनको समय करिब डेढ महिना विति सक्दा पनि कोभिड १९ संक्रमण भएको व्यक्तिहरुको संख्या १०० पुग्न सकेको थिएन तर त्यसपछि दुई महिना नपुग्दै यो संख्या करिब १५० % ले वृद्धि भएको छ र यो संख्या 4२७ पुगेको छ जसमध्ये 4५ जना निको भई घर फर्किसकेका छन तथा अन्य संक्रमितहरूको स्वास्थ्य अवस्था पनि सामान्य रहेको छ । यो संक्रमणलाई नियन्त्रण गर्न र संक्रमण भएका व्यक्तिको उपचारमा दिनरात खटिरहने स्वास्थ्य कर्मिको अथक प्रयासलाई हामीले सम्मान गर्नै पर्छ । सहयोगमा लागेका एम्बुलेन्स चालक, सेना, प्रहरी र पत्रकारहरुलाई पनि उच्च साहस भएको मान्नु पर्छ ।

यो कोरोना भाईरस कोभिड १९को विश्व व्यापि माहामारीले विश्वको सम्पुर्ण मानविय चहलपहल, आर्थिक क्रियाकलापमा नराम्रो प्रभाव पारेर स्थिर बनाइ दिएको छ । लगभग विश्व जनसंख्याको करिब एक तिहाई व्यक्ति लकडाउनको परिस्थितिमा बस्न बाध्य छन । जसले गर्दा विश्वका अर्थतन्त्र प्रभावित बन्न पुगेको छ । आर्थिक विदहरुका अनुसार विश्वको आर्थिक वृद्धि दर ४.८ % सिमित हुने अनुमान गरिएको छ ।
दोस्रो विश्व युद्ध पछिको र अहिले सम्मकै सबै भन्दा ठुलो आर्थिक मन्दि हुने अनुमान छ । जसको प्रभाव दिर्घकालिन रुपमा पर्ने र व्यक्तिको क्रियाकलाप, जन जीवन सहित मुलुकको अर्थतन्त्र समेत प्रभावित हुने निश्चित बनेको छ ।

नेपाल सरकारले अगामि वर्षको आर्थिक बृद्धि ८ % लक्ष्य लिएको थियो जुन अब २.२७% मा खुम्चिने अनुमान छ । १० वर्षे जनयुद्ध, ६२÷६३ को मधेश आन्दोलन पश्चात लामो समयका राजनीतिक अस्थिरताबाट मुक्त भई भखर त राजनीतिक स्थिरता स्थापित गर्न सक्षम बन्दै देश विकासको गतिमा तामे सर्ने प्रयास गर्दै थियो र विभिन्न नीतिगत तथा कानुन निर्माण सम्बन्धि कार्यहरु अगाडी बढाएको थियो । जसमध्ये १५ औ पंच वर्षिय योजना (समवृद्ध नेपाल सुखि नेपाली नारा सहित), २०७9 सम्ममा नेपाललाई अतिकम विकसित मुलुकको सुचि बाट विकासशील राष्ट्रको रुपमा स्थापित गर्ने र २५ वर्षे दिर्घकालिन योजना जस्ता साकारात्मक प्रयासहरु अगाडी सारेको थियो र तर विश्वभरी माहामारीको रुपमा फैलिदै गरेको कोरोना भाईरसले नेपाल जस्ता कयौ मुलुकको सपना माथि पानी फेरि दिएको छ । र १० औ वर्ष पछाडि धकेलेको छ ।

WHO, विभिन्न बैज्ञानिक तथा अनुसन्धान कर्ताहरुका अनुसार यो कोरोना भाईरस को नियन्त्रणका लागि खोप निमार्ण गर्न वर्षौको समय लाग्न सक्ने वताएका छन । तर तत्कालका लागि यसबाट बच्न व्यक्तिगत सजगता,सरसफाई, व्यक्ति व्यक्ति बिचको समाजिक दुरी, परीक्षणको दायरा बढाई सम्भाव्य संक्रमितको पहिचान गरी उपचार गर्ने र सरकारले निर्देशन गरेको विभिन्न सुरक्षात्मक उपायहरु अवलम्बन गर्नु हो ।

नेपालमा अहिले संघिय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था लागु भइसकेको अवस्था छ । र तिनवटै तहको सरकारलाई संविधानले आ-आफनो तथा साझा अधिकारको स्पष्ट मार्ग दर्शन गरिसकेको छ । यसर्थ जसरी एक-एक इट मिली सिगों र सुनदर घरको निर्माण भएको हुन्छ त्यसरी नै नेपालको सम्पुर्ण ६५३ वटै स्थानिय तहहरुले एकअर्का संग समन्वय र सहकार्य गरी नेतृत्वदायी भुमिका खेल्न जरुरी छ । सागरमाथाको उचाईले बढाएको नेपालको स्वाभिमानलाई खसकिन दिनु हुदैन र महात्मा गौतम बुद्धको उपदेशले शु-शान्त रहेको वातावरणलाई खैलो बैलो वा खलबलाउन दिनु हुदैन ।
अहिलेको विषम परिस्थितिमा स्थानिय तहहरुको पहल कदमि प्रयासहरु नै नेतृत्वदायी र निर्णायक सावित हुन जान्छ । हरेक स्थानिय तहका नै नेतृत्वदायी भुमिका रहेको आम जनताका विश्वास पात्र जसलाई जनताले आफ्ना अभिभावक चुने र आफ्नो घर, गाउ, समाजको विकासको बागडोर र तिनका हातमा सुम्पे ती व्यक्तिले साच्चै नै जनताका मतको कदर स्वरुप जनताले सुम्पेको जिम्मेवारी कला कौशल पुर्वक रचनात्मक ढगंले पुरा गरेर देखाउने मौका यही हो । नेतृत्वमा रहेका व्यक्तिले आफ्नो क्षमता प्रस्तुत गर्न सक्नु पर्छ । आम जनताको आवश्यकता पुर्ति गर्न कुनै पनि कसर बाकी राख्नु हुदैन । जनताका विश्वास कायम राख्नु पर्छ ।
विश्व माहामारीको बेला सबै व्यक्ति प्रभावित छन, सबै क्षेत्र प्रभावित छन । देशको विकासमा आफ्नो पसिना बेचेर सहयोग गर्ने खाडि भित्रिएका यूवा सहित दैनिक ज्यालादारीमा आफ्नो घर गर्जौ टार्ने व्यक्ति र ग्रामिण भेगमा बजार लागेको दिन लाइ, मुर्हि, कचरी, पकौडा बेच्ने व्यक्तिको पनि आ आफ्नो स्थानबाट ठुलै सहयोग र समर्थन रहेको हुन्छ । तसर्थ कसैको पनि योगदानलाई कम भनि उपेक्षा गर्नु हुदैँन । तीनका श्रम र योगानलाई कदर र सम्मान गर्नु पर्छ ।

यस्तो प्रतिकुल अवस्थामा प्रभावित क्षेत्रहरु जस्तै कृषि, स्वास्थ्य, शिक्षा, व्यपार, उधोग लगायत बन्द छन । यी प्रभावित क्षेत्रका व्यक्तिलाई परेको समस्या, दुख र ती व्यक्तिले व्योहोरेका क्षतिको उचित मुल्याकंन गरी थोरै भए पनि राहत स्वरुप अनुदान वा सहयोग गर्नु पर्छ । आउने बजेटमा ती व्यक्ति बिशेषका लागि उचित अनुदानको व्यवस्था गर्नु पर्छ ।
 वेरोजगार व्यक्तिका लागि सार्वजनिक जग्गामा सामुहिक खेतीको व्यवस्था गर्नु पर्छ ।
 विदेशबाट लाखौको संख्यामा युवाहरु आउदैँछन ती यूवाहरुको लागि वैकल्पिक योजनामा ध्यान दिनु पर्छ ।
 दैनिक ज्यालादारीमा काम गरी गुजारा गर्नेहरुका लागि साथै खाद्यान्न अभाव भएका व्यक्तिका लागि तत्काल र लकडाउन अवधि कायम रहे सम्म खाद्य सुरक्षाको प्रत्याभुति गराउनु पर्छ ।
 स्वास्थ्य चौकीमा उपस्थित हुन नसक्ने अवस्था रहेकोले सम्बन्धित स्वास्थ्य कार्यालयलाई दैनिक कार्य योजना बनाई गर्भवति, जेष्ठ नागरिक, बालबालिका का खोप सेवा लगायत अन्य सुविधा सहित घुम्ती स्वास्थ्य सेवाको व्यवस्था मिलाउनु पर्छ ।
 साथै अन्य अति आवश्यक सेवा उपलब्ध गराउनु पर्छ ।
स्थानिय सरकारले जनताका दुखमा मलहम लगाउन तथा सहयोग गर्न आज हर घडि हर तरिकाले तैयार रहेको कुरा जनतालाई महसुस गराउन सक्नु पर्छ | तवमात्र गाउँ गाउँमा सिंहदरबारको कुरा सार्थक हुने छ !  नत्र जनताले स्थानीय सरकारलाई सिहंदरबार होइन त्यसको फोटोकपि मात्र  मान्ने छन् ।

लेखक सामाजिक अभियन्ता हुन्