साउदीमा बाबु बिरामी, घर फर्काइदिन छोराको गुहार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं : एकातिर कोभिड–१९ को महामारीका कारण उडान बन्द र अर्कोतर्फ सिकिस्त घर मुली देश बाहिर । संखुवासभाका दिनेशकुमार श्रेष्ठको परिवार अहिले दोहोरो आपतमा परेको छ ।
विगत २३ वर्षदेखि साउदी अरेबियाको तामिनी ग्लोबल कम्पनीमा लाउन्डीको काम गदै आएका श्रेष्ठको दुबै मिर्गौलाले काम नगरिरहेको उहाँ उपचाररत साउदी नेश्नल हस्पिटलका चिकित्सकहरुले बताएका छन् । चिकित्सकहरुले श्रेष्ठमा रगतको क्यान्सर हुनसक्न आशंका गरी स्वास्थ्य परीक्षण गरिरहेको जानकारी उनका छोरा दिपेश श्रेष्ठले सामाजिक सञ्जालमार्फत घामछायाँलाई दिनुभएको छ ।
दिपेशका अनुसार करिब दुई महिनादेखि स्वस्थ्यामा समस्या आएका कारण औषधी सेवन गरि रहनुभएका श्रेष्ठलाई साउदी अस्पतालमा भर्ना गरिएको दुई हप्ताभएको छ । पिताको उपचारमा सुधार नभएको साथै राम्रो उपचार नपाएको र साउदी अस्पतालबाट पनि सहयोग नपाएका कारण आफनो पितालाई आफनो देश नेपाल ल्याउन आफूले पहल गरिरहेको पनि उहाँले बताउनुभएको छ ।

श्रेष्ठ अस्पतालमा हेरिदिनेसमेत कोही नभएको हिड्न अफठयारो, स्वस्थामा केही सुधार नभएको, साथमा हेरविचार गर्न कोही नभएका अवस्थाका कारण आफनो स्वदेश फर्किन चाहिरहनु भएको छ । अहिले लकडाउनका कारण नेपाल आउन नपाएका पितालाई नेपाल ल्याइदिन् विभिन्न निकायमा छोरा दिपेशले गुहार लगाइरहनु भएको छ ।
पछिल्लो पटक साउदी अरबस्थित नेपाली दूतावाससँग टेलिफोनमार्फत दुई हप्ताअघि कुरा गरी नेपाल जानका लागि नाम टिपाएको र दूतावासले श्रेष्ठको नाम पहिलो सूचीमा राखेको साथै नेपालबाट उडान आएमा पठाउने उहाँले जानकारी दिनुभयो ।