काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बुधबारको नियमित पत्रकार सम्मेलनमा थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिनुभयो । मन्त्रालयका अनुसार कोरोना संक्रमीतहरु धनकुटा, बाँके, कपिलबस्तु र नवलपरासी पश्चिममा गरी २५ जना थपिएका हुन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४२७ पुगेको छ ।
प्रतिक्रिया