नेपालमा पहिलो पटक कोभिड १९ को संक्रमणबाट नागरिकको मृत्य भएको छ ।
स्वास्थ्य मन्त्रालयबाट आज साँझ जारी विज्ञप्तिमा यसको पुृष्टी गरिएको छ ।
गत वैशाख २३ गते त्रिवि शिक्षण अस्पताल महाराज गंजमा भर्ना हुनुभएकी उहाँ २४ गते सुत्केरी भएको र २५ गते डिस्चार्ज भई घर गएको विज्ञप्तिमा उल्लेख छ । घर गएपपछि उहाँमा स्वासप्रश्वासको समस्या बढेको र उपचारका लागि धुलिखेल आआउँदै गदै मृत्यु भएको पनि विज्ञप्तिमा उल्लेख छ ।
यसै गरी अध्यावधिक विवरण अनुसार धनुषाका दुई पुरुषमा संक्रमण देखिएपछि नेपालमा कोरोना संक्रमितको कुल संख्या दुई सय ८१ पुगेको छ ।
प्रतिक्रिया