
‘यो वर्ष भर्ना गर्ने कि नगर्ने ? विद्यालय संचालन कसरी गर्ने र रोकिएका एसइइ ११ तथा १२ कक्षा परीक्षाहरु के गर्ने
काठमाडौं : शिक्षाविद्हरुले शुक्रबार संघीय संसदमा प्रस्तुत सरकारको नीति तथा कार्यक्रममा शिक्षातर्फ नयाँ र मौलिक गतिका कार्यक्रम भन्दा पुराना घोषणाहरुलाई नै निरन्तरता दिने काम भएको टिप्पणी गरेका छन् ।
शिक्षा पत्रकार सञ्जाल इजोनबाट शनिबार दिउँसो आयोजित भिभियो अन्तक्रिर्या कार्यक्रममा बोल्दै शिक्षाविद्हरुले सरकारले आगामी वर्षका लागि प्रस्तुत गरेको कार्यक्रममा शिक्षातर्फ अहिलेको विषमतालाई सम्बोधन गर्ने गरी कार्यक्रम नआएको बताएका छन् ।
कार्यक्रममा बोल्दै शिक्षाविद् मनप्रसाद वाग्लेले कोभिड १९ को महामारी चलिरहेको सन्दर्भमा सर्वाधिक अपेक्षा गरिएको विद्यालय शिक्षाका वैकल्पिक बाटोहरु बारे नीति कार्यक्रममले ठोस दिशादिर्देश नगरेको बताउनुभयो । ‘यो वर्ष भर्ना गर्ने कि नगर्ने ? विद्यालय संचालन कसरी गर्ने र रोकिएका एसइइ ११ तथा १२ कक्षा परीक्षाहरु के गर्ने भन्ने कुराको प्रष्ट खाका निति कार्यकममा छैन’, उहाँको भनाई थियो ।
कार्यक्रममा, विशेष विज्ञ उत्पादन गर्ने, गुणस्तर मापन लागु गर्ने र नक्सांकन गर्ने जस्ता सकारात्मक र दूरगामी प्रभाव राख्ने जस्ता राम्रा नीति परेका तर तिन यसअघि पनि लिइने त्यस्ता नीतिको को कार्यान्वयको पक्षमाथि सँघै प्रश्न चिन्ह लाग्ने गरेको बताउनुभयो । सार्वजनिक विद्यालयको सुधार दशक जस्तो गत वर्षकै कार्यक्रमहरुलाई दोहोर्याउँदा गुणस्तर मापन कसरी गर्ने, गुणस्तरका लागि न्युनतम पुर्वाधार के हुन् ? कति भए जस्ता कुरा सँगै आउनु पर्ने पनि शिक्षाविद् वाग्लेले बताउनुभयो ।
सार्वजनिक शिक्षाबाट अभिभावकको मोह भंगहुँदै गरेको कारण विगतमा ८० ः २० प्रतिशतको अनुपातमा रहेका सार्वजनिक र नीति क्षेत्रका विद्यालयमा पढने विद्यार्थीको संख्या अहिले ७७ः २३ प्रतिशतको अनुपातमा झरेको बताउनुभयो । सार्वजनिक शिक्षाबाट बढदो पलायन रोक्ने गरी कार्यक्रम आउनुपथ्र्यो, उहाँको भनाई । सरकारले धेरै जसो शैक्षिक कार्यक्रम त्रिभुवन विश्वविद्यालयका लागि मात्र ल्याएको र अन्य विश्वविद्यालयलाई बेवास्ता गरेको टिप्पणी पनि उहाँको थियो ।
अर्का शिक्षाविद विद्यानाथ कोइरालाले नीति कार्यक्रममा शिक्षासम्बन्धी कार्यक्रम बामपन्थी शिद्धान्त अनुरुप नआएको बताउनुभयो । शिक्षामा निजी क्षेत्रको स्थान कहाँ रहने र तल्लो वर्गलाई कसरी शिक्षित बनाउने भन्ने कुरा आएन, उहाँको भनाइ थियो। प्राविधि शिक्षामा जोड दिइने विज्ञान शिक्षाका लागि अलग्गै व्यवस्थ ागर्ने जस्ता कुरा सकारात्मक भए पनि विगतको राष्टिय विकास सेवाकै नयाँ संस्कण हुने गरी माटो चिनौ…. कार्यक्रम ल्याइएको उहाँले बताउनुभयो । किजार र मजदुर वर्गलाई लक्षित गरेर यो कार्यक्रम आएको धारणा पनि उहाको थियो ।
शिक्षा विभाग पुर्वमहानिर्देशक बाबुराम पौडेलले परम्परागत कार्यशैली र जोखिम मोल्न नचाहने अवस्थाका कारण सरकारको नीति तथा कार्यक्रममा प्रायः अघिल्लो वर्षकै कार्यक्रमको निरन्तरता भेटिने गरेको बताउनुभयो ।
प्रतिक्रिया