काठमाडौं ः सरकारले कोभिड १९ रोगबाट कुनै पनि नेपालीको ज्यान जाने अवस्था आउन नदिन कोभिड मुक्त देश बनाउने कुरालाई पहिलो प्राथमिकता दिने भएको छ ।
यसका लागि परीक्षणलाई व्यापक बनाइने भएको छ ।
शुक्रबार संसदको संयुक्त सदनलाई सम्बोधन गर्दै राष्टपति विद्यादेवी भण्डारीले सरकारको यसवर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो ।
सरकारले महामारिबाट देशका विभिन्न क्षेत्रमा परेको प्रभावको अध्ययन गरिरहेको र त्यसको आधारमा राज्यप्रणालीको प्रभावकारित वृद्धि गरिने पनि सम्बोधनमा उल्लेख छ ।
कोभिड १९ पछिको थप रणनीति र विशेष कार्यक्रम ल्याइने र त्यसमा रोजगारी गुमाएका श्रमिक र साना किसानलाई प्राथमिकता दिइने पनि कार्यक्रममा उल्लेख छ । यसै गरी महामारी लम्बिएमा पुनः प्राथमिकीकरण गरिने पनि उल्लेख छ ।
यसै गरी निरोगी नेपाल निर्माण गर्न सबै वडामा पूर्णखोप सेवा, सबै स्थानीय तहमा ५ देखि १५ शैया सम्मको आधारभूत अस्पताल तथा केन्द्रमा ३०० र प्रदे्शमा ५० सैयाको अत्याधुनिक सुविधा सम्पन्न सरुवा रोग अस्पताल सेन्टर फर डिजिज कन्ट्रोल ्फुड एन्ड ड्रग एडमिनिस्टेसन स्थापना पनि यस वर्षको कार्यक्रममा परेको छ
प्रतिक्रिया