राष्ट्रपति विद्यादेवी भण्डारीले कोभिड १९ को प्रभावबाट देशलाई मुक्त बनाउनु सरकारको पहिलो प्राथमिकता भएको बताउनु भएको छ ।
शुक्रबार संघीय संसदको संयुक्त सदनमा यसवर्षको सरकारी नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति भण्डारीले कोरोना भाइरसका कारण नेपालभित्र कुन पनि ज्यान जाने अवस्था आउन नदिइने बताउनु भएको हो ।
त्यसका लागि सरकारले कोरोना संक्रमणको परीक्षण ब्यापक बनाउने, औषधि उपकरण र चिकित्सक लगायत स्वास्थ्यकर्मीको पर्याप्त व्यवस्था र परिचालन गर्ने राष्ट्रपति भण्डारीले बताउनु भयो।
सरकारले महामारीले मुलुकको सामाजिक, आर्थिक अवस्थामा परेको प्रभावको अध्ययन गरिरहेको भन्दै राष्ट्रपतिले यसै आधारमा राज्य प्रंणालीको प्रभावकारिता थप वृद्धि गर्दै जाने बताउनु भयो ।
प्रतिक्रिया